दमक, १८ बैशाख–अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ दमक नगर समिति तथा जिल्ला समिति झापाले आज सोमबार दमकमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बसपार्कको हातामा आयोजित रक्तदानमा महासंघ कोशी प्रदेशका अध्यक्ष हर्क लिम्बू, दमकका अध्यक्ष मनोहरि घिमिरे, सचिव कमल कटुवाल, पार्टी निकट युवक संगठनका केन्द्रीय सदस्य विक्रम लिम्बू, हरि तिवारी, संगठनका जिल्ला भुवन ढकाल, महासंघका कोशी प्रदेश अध्यक्ष राजकुमार योङया, महासंघका सदस्य तुलसी तिम्सीना लगायतले रगतदान गरेका थिए ।
रक्तदान कार्यक्रममा ५८ पिन्ट रगत संकलन भएको थियो । कार्यक्रममा रक्तदाताहरुलाई प्रंशसा पत्र समेत वितरण गरिएको थियो ।
दमक नगरपालिकाका कार्यवहाक नगर प्रमुख भिमप्रसाद पौडेलको प्रमुख आतिथ्यता तथा पार्टीका जिल्ला अध्यक्ष केशव ओझाको विशिष्ट आतिथ्यतामा भएको रक्तदान नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।
केन्द्रीय सदस्य श्रेष्ठलाई सम्मान
राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ दमक नगर समितिले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य गोकुल श्रेष्ठलाई सम्मान गरेको छ ।
मजदुर दिवसका अवसर पारेर महासंघले रक्तदान कार्यक्रमकाबीच श्रेष्ठलाई सम्मानित गरेको हो । श्रेष्ठ दमक उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष हुन् । महासंघको हालै काठमाण्डौमा सम्पन्न महाधिबेशनले श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
