काठमाडौं, १९ वैशाख–नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न भएको आरोपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ९बादल० का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ परेका छन् ।
नेकपा (एमाले) उपाध्यक्ष बादल गृहमन्त्री रहँदा उनी २०७४ फागुनदेखि २०७८ असारसम्म सुरक्षा सल्लाहकारका रुपमा कार्यरत थिए ।
प्रहरी प्रवक्ता कुवेर कडायतले राईलाई मंगलबार बिहान ललितपुरबाट पक्राउ गरेको जानकारी दिए । प्रवक्ता कडायतले भने, ‘थप अनुसन्धान गर्नुपरेकाले राईलाई पक्राउ गरिएको हो ।’ नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको संलग्नता देखिएकाले पक्राउ गरेको प्रहरीले भनाइ छ ।
यसअघि प्रहरीले सोही घटनामा संलग्न केशव दुलाल, टंककुमार गुरूङ, सानु भट्टराई र सागर राईलाई पक्राउ गरिसकेको छ ।
५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाइ अमेरिका पठाइ दिने आश्वासन दिएको उनीहरूमाथि आरोप छ ।
