काठमाडौँ, १९ वैशाख–नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न इन्द्रजीत राई पक्राउ परेका छन् ।
पूर्व मन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार समेत रहेका राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ गरिएको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार राईले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न हुँदै आएका थिए । ‘बादल’ गृहमन्त्री हुँदा राई सुरक्षा सल्लाहकार थिए ।
यो प्रकरणमा प्रहरीले यसअघि दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ गरेको थियो ।
