दमक, १९ बैशाख–नेपालले एसिसी प्रिमियर कप जितेको छ । आज भएको फाइनल खेलमा यूएईलाई ७ विकेटले पराजित गर्दै एसिसी प्रिमियर कप जितेको हो ।
जीतसँगै नेपाल एसिया कपका लागि छनोट भएको छ। पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुनेछ । एसिया कपमा नेपालले विश्व क्रिकेटका बलिया टोली भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ ।
एसिया कपमा पाकिस्तान, भारत र नेपाल समूह ए मा हुनेछन्। समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपाल दोस्रो पटक एसिया कपका लागि छनोट भएको हो। नेपाल यसअघि सन् २००२ मा एसिया कपका लागि छनोट भएको थियो।
