दमक, २० वैशाख–झापाको मेचीनगर–६ काँकडिभिट्टास्थित मेची डाँडाका स्थानीयवासीहरुलाई रकम असुलेर जग्गाको धनिपुर्जा वितरण गर्नेलाई नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापाले कार्वाहीको माग गरेको छ ।
नेकपा (एकिकृत समाजवादी) झापाको बिर्तामोडमा आज सम्पन्न सचिवालयको बैठकले काँकडिभिट्टास्थित मेची डाँडाका स्थानीयलाई ठगी गरी नक्कली धनिपुर्जा वितरण गर्नेलाई कानूनी कारबाहीको माग गरेको छ ।
जिल्ला सचिव बिपी भट्टराईका अनुसार नेकपा (एकीकृत समाजवादी) झापाले बैठकमा पैसा असुलेर जग्गाको धनीपुर्जा वितरण गरिएको घटनाप्रती निन्दा गर्दै प्रशासनले तत्काल घटनाका विषयमा छानविन गरी मुख्य दोसीलाई कार्वाहीको गरिएको हो ।
एकीकृत समाजवादी झापाका अध्यक्ष वेदराज रेग्मीको अध्यक्षतामा पार्टी कार्यालय बिर्तामोडमा सम्पन्न बैठकले पुर्व पश्चीम रेलमार्गमा परेको बाहेकका जमिनको कित्ताकाट गर्ने निर्णय गरेकोमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई धन्यबाद दिने समेत निर्णय गरेको सचिव भट्टराईले बताए ।
मेचीनगर ६ स्थीत मेची डाँडाका स्थानीयहरूबाट मोटो रकम असुल गरी नक्कली धनिपुर्जा बाँढेको आरोपमा तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
