दमक, २४ वैशाख–दमक नगर इसाई समाजलाई १ सय २५ थान प्लाष्टिकको कुर्सी सहयोग प्राप्त भएको छ । दमक नगरपालिकाको कार्यालयले आज दमक-१ हिमालयन टोलस्थित आदनको बगैचामा एक कार्यक्रमको आयोजना गरेर दमक नगर इसाई समाजलाई प्लाष्टिकको कुर्सी हस्तान्त्रण गरिएको हो । सो क्रममा नगर प्रमुख राम थापा र उपप्रमुख रेगिना प्रसाईले नगरपालिकाले उपलब्ध गराएको सो कुर्सी हस्तान्त्रण गरेका थिए ।
सो कार्यक्रममा दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले दमकमा स्थानीय सरकारले सवै जाती, भाषा, धर्म, सँस्कृती, समुदाय वा वर्गका नागरिकलाई बराबार माया र व्यवहार गरिनुपर्ने र सोही माया र व्यवहार दमकका इसाई धम्र्मावलम्बीहरुले पाएकोमा दमक नगरपालिकालाई हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा आदनको बगैचा निर्माण समितिका संयोजक तथा दमक नगर इसाई समाजका अगुवा पाष्टर मु्िरक्त किराती थुलुङ, दमक नगर इसाई समाजका पूर्वअध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राई, पाष्टर कुमार तामाङ, दमक नगर इसाई समाजका उपाध्यक्ष पाष्टर सन्तोष रणपहेली, सचिव पाष्टर अजय पाठक, कोषाध्यक्ष एल्डर दीपेन्द्र नेम्बाङ लगायतका व्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी, सो कार्यक्रममा दमक नगरपालिकाका जिन्सी शाखा प्रमुख दोर्ण थापा, दमककी उद्योगी तथा व्यवसायी विन्दू (लक्की) सिटौला, पत्रकार डिकेन्द्र बस्नेत समेतको उपस्थिति थियो ।
