काठमाडौं, २६ वैशाख–कोशी नामकरणविरुद्ध आन्दोलन गरिरहेको प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

उनीहरूले प्रदेशको नाम कोशी खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन नगरुञ्जेलसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । कोशी नाम राख्ने सांसद र उनीलाई उक्त नाम राख्न आदेश दिने दलका नेताहरू बहिष्कार गर्ने समितिले जनाएको छ ।

वैशाख २६ गते झापाको दममा सांकेतिक राके जुलुस प्रर्दशन गर्ने समितिले जनाएको छ । त्यस्तै वैशाख २८ बाट ८२ सांसद र उनीहरूको नेता हिँड्को बाटो, बस्ने होटेल, खाने स्थान, उनीहरु सहभागी हुने बैठक स्थानमा विरोधको कार्यक्रम गर्ने समितिले जनाएको छ । यसको लागि होटलमा बस्न र कार्यक्रम गर्न हल नदिन सम्बन्धित सबैलाई अनुरोध पत्र दिने पनि समितिले जनाएको छ ।

यसैगरी वैशाख २८ गतेबाट कोशी नाम खारेजी जागरण अभियान अन्तर्गत जिल्ला आमसभा, संघर्ष समिति विस्तार, तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा रोप्ने, ८२ सांसद बहिष्कार गर्ने कार्यक्रम तय गरिएको छ ।

जेठ दुईदेखि पाँच गतेसम्म प्रदेशको १४ वटै जिल्लाहरूमा संघर्ष समितिका केन्द्रीय नेताहरूको सहभागितामा प्रदेशको नाम कोशी खारेज गर्ने जनजागरण अभियानलाई तिव्रता दिने समितिले जनाएको छ ।

त्यस्तै, जेठ दोस्रो हप्ताको प्रारम्भमा वृहत भेला आयोजना गर्ने र आन्दोलनलाई व्यवस्थित गर्न ‘पहिचानको लागि युवा शक्ति’ निमार्णमा तिव्रता दिने समितिले जनाएको छ । प्रदेशसभा अधिवेशन केन्द्रित विशाल प्रदर्शनको तयारी गर्ने पनि समितिले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *