काठमाडौं, २५ वैशाख–अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी निलम्बन फुकुवापछि पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्केका छन् ।

फ्रेन्च च्याम्पियन पीएसजीले मेस्सीलाई क्लबसँग अनुमति नलिई साउदी अरेबियाको भ्रमण गरेको भन्दै गत बुधबार दुई साताको लागि निलम्बन गरेको थियो ।

डेली मेलका अनुसार अर्जेन्टाइन कप्तान मेस्सीले भ्रमणको लागि क्लब र टिममेटसँग माफी मागेपछि उनको निलम्बन फुकुवा भएको हो । पीएसजीले सोमबार बिहान मेस्सी प्रशिक्षणमा पर्केको भन्दै फोटो पोस्ट गरेको छ ।

पीएसजीले विश्व विजेता मेस्सीलाई दुई साताको निलम्बनसहित पारिश्रमिकमा समेत केही कटौती गरेको थियो । मेस्सी सोमबार मैदान फर्किएका हुन् ।

निलम्बनका कारण मेसीले आइतबार लिग वानमा ट्रोय विरुद्धको ३/१ को जित हात पारेको खेल गुमाएका थिए । अब मेसीले आगामी शनिवार अजासियोविरुद्ध घरेलु मैदानमा खेल्न सक्ने छन् ।

हाल, पेरिस सेन्ट जर्मेन (पीएसजी) लिग वानमा दोस्रो स्थानको लेन्समाथि ६ अंकको अग्रता बनाउँदै उपाधि होडमा रहेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *