दमक, २५ वैशाख–झापाको शिबसताक्षी–४ पाँचगाछीस्थित वडा कार्यालयले वडाका पाँच जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई साइकल वितरण गरेको छ ।

जनता बजारमा अवस्थित वडा कार्यालयले एक कार्यक्रमबीच वडा भित्रका पाँच जना महिला स्वास्थ्य सेविकाहरुलाई एक–एक थान साइकल बितरण गरिएको हो ।

शिबसताक्षी–४ वडा कार्यालयको विनियोजित बजेटबाट खरिद गरिएको सो साइकलहरु नगर प्रमुख रोशन थोप्राले महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई बितरण गरिएको नेकपा (एमाले) सम्बद्ध नेपाल खेलकुद महासंघ झापाका सचिवालय सदस्य सुजन भण्डारीले जानकारी दिए ।

युवा नेता सुजन भण्डारीका अनुसार साइकल पाउने महिला स्वास्थ्य स्वयम् सेविकाहरुमा श्यामकुमारी ताजपुरिया, गीता चौधरी, गरिमा बस्नेत, पवित्रा दंगाल र मन्दिरा बास्कोटा छन् ।

शिबसताक्षी–४ मा साविकको पाँचगाछी गाविसका ५ वटा वडाहरु छन् । उनीहरुले आफ्नो कार्यक्षेत्रमा काम गर्न सहज बनाउन साइकल उपलब्ध गराइएको वडा अध्यक्ष बिष्णु प्रसाईले जानकारी दिए ।

सो क्रममा वडा अध्यक्ष प्रसाईले साइकल बितरणपछि महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई बधाई दिए । साथै, आफ्नो कार्यक्षेत्रमा निरन्तर काम गर्न र आगामी दिनमा वडाको बजेटबाट थप कार्यक्रमहरुका साथ साथ र सहयोग गर्न सकिने बताए ।

यता, साइकल पाएपछि वडा भित्रका महिला स्वास्थ्य स्वयम् सेविकाहरु हर्षित छन् । उनीहरु स्वास्थ्य कार्यालयबाट वडाभित्र सञ्चालन भएका पोलियो थोपा, भिटामिन ए तथा जुकाको औषधी खुवाउने कार्यक्रम लगायत बालबालिका र महिलाहरुको निम्ति विभिन्न खोप कार्यक्रममा सहभागि हुन्छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *