दमक–झापाको दमकमा टेक्वान्दो खेलको विकास, व्यवसायिकता, प्रवर्दन र स्वास्थ्य जीवनयापनका निम्ति सगरमाथा टेक्वान्दो दोजाङ दमकले स्थानीय विद्यालयसंग सहकार्य गरिरहेको छ । दमक–५ हरिओम कोलनीस्थित सर्बोदय अंग्रेजी माध्यमिक विद्यालय र दमक–४ अडियामलस्थित पल एकाडेमीमा समगरमाथा टेक्वान्दो दोजाङले विद्यार्थीहरुलाई प्रशिक्षण गराइरहेको छ ।

झापा दमक निवासी, हाल बेलायतमा आमीबाट रिटायर्ड जीवन बिताइरहेका अन्तरारिष्ट्रय खेलाडी तथा प्रशिक्षक राष्ट्रकुमार राईको सक्रियताबाट नेपालमा स्थापना भएको सगरमाथा टेक्वान्दो दोजाङले विद्यालयमा प्रशिक्षण कार्यक्रमलाई अघि बडाएको हो । सगरमाथा टेक्वान्दो दोजाङ दमकका अध्यक्ष जित बहादुर धिमाल (जीतु) का अनुसार संस्थागत रुपमा औपचारिक कार्यक्रमसहित संस्थाले नेपालमा कानूनी मान्यता पाएको र प्रदेशस्तरीय टेक्वान्दो खेल प्रतियोगिता सम्पन्न गरेर आएको स्मरण गरे । उनले संस्थाका परिकल्पनाकार तथा संस्थापक राष्ट्र कुमार राईको उपस्थितिमा दमकमा केही महिना अघि मात्रै प्रदेश स्तरीय टेक्वान्दो खेल प्रतियोगिता आयोजना गरिएको बताए ।

त्यसैगरी, दमकमा चाडै दुई स्थानका विद्यालयमा पनि खेल प्रशिक्षण हुने तयारीमा रहेको सगरमाथा टेक्वान्दो दोजाङ दमकका अध्यक्ष धिमालले जनाए । संस्थागत ढंङ्गबाट हाम्रो विद्यालयमा खेल प्रशिक्षण गराइदिनुहोस भनेर आग्रह र अनुरोध गर्ने विद्यालयहरु दमकमा धेरै छन्, अध्यक्ष धिमालले भने–क्रमशः हामीहरु विद्यालयसंग छलफल र संम्बादमा छौं र प्रशिक्षण गराइनेछ ।

यता, समगरमाथा टेक्वान्दो दोजाङ दमकबाट यसअघि झापाको अर्जुनधारा र मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा सम्पन्न खेल प्रतियोगितामा खेलाडीहरुले सहभागि जनाएर मेडल र प्रमाणपत्र पाएका छन् । खेलाडीहरुको सीप विकास, खेलमा हौसल्ला, सम्मान, क्षमता अभिबृद्धि र आत्माबल बढाउनका निम्ति सगरमाथा टेक्वान्दो दोजाङ दमकले योजना निर्माण गरिरहेको अध्यक्ष धिमालले जानकारी दिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *