काठमाडौँ, २७ वैशाख–नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँ बढेको छ ।

आज छापावाल सुन तोलामा एक लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन उक्त सुन तोलामा एक लाख ११ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *