दमक, २८ बैशाख–झापाको दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन ।

हिजो दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिका–५ स्थितमा चेकजाँचको क्रममा मे १० प ६९०७ नम्बरको मोटरसाइकलमा सवार रहेका पाँचथर याङवरक गाउँपालिका–५ का २६ वर्षीय दिपक लोक्सम र भारत दिनापुरका २५ वर्षीय रन्जित वर्मनलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यसैगरी, दमक नगरपालिका–३ का ३२ वर्षीय ललित तामाङलाई २ ग्राम ब्राउन सगर सहित प्रहरी चौकी बाघखोरको प्रहरी टोलीले पक्राउ गरेको छ भने दमक–९ का २२ वर्षीय सबिन सुनामलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *