काठमाडौं, २८ वैशाख–लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्व सरकार पुनःगठन हुनुपर्ने माग गर्नुभएको छ।

आज जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले गठबन्धनको मर्मअनुसार अन्य प्रदेशमा सरकारको नेतृत्व परिवर्तन भए सरह नै मधेश प्रदेशमा पनि सरकारको नेतृत्व र स्वरुप परिमार्जन हुनुपर्ने बताउनु भयो ।

अध्यक्ष ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्वमा लोसपाको समेत दाबी रहने बताउनु भयो । गठन्धनको मर्मअनुसार मधेश सरकारको नेतृत्वमा अब लोसपाकै पालो हुनुपर्ने अध्यक्ष ठाकुरको भनाइ छ।

उपनिर्वाचन अगाडि नै मधेश प्रदेशको सरकारका विषयमा दलबीच सहमति भइसकेको भन्दै अध्यक्ष ठाकुरले त्यसैअनुसार मधेश सरकार परिवर्तन हुने दाबी गर्नुभयो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *