धरमपुर (शिबसताक्षी), २८ वैशाख–झापाको शिबसताक्षी–१ धरमपुर चौक–बजार क्षेत्रलाई थप व्यवस्थित र सौर्न्दयकरण गर्न स्थानीयवासीहरुले सक्रियता देखएका छन् । यसअघि, धरमपुर बजार व्यवस्थापन समितिले मुख्य चौक–बजार क्षेत्रमा फूलसहितको गमला राखेका थिए तर सो गमलालाई उचित संरक्षण गर्न सकिरहेको थिएनन् ।
पछिल्लो समय, धरमपुर चौकमा इतिहासकार स्वर्गीय इमानसिंह चेम्जोङको शालिक (प्रतिमा) निर्माणकार्य भएसंगै चौक–बजार क्षेत्रका सडकलाई बोर्डर लाइन, सडकको दुबै किनारामा टे«किङ मार्कसहित सडकमा आवत-जावत गर्न जेब्राक्रस निर्माण गरिएको छ ।
ट्राफिक प्रहरी कार्यालय झिलझिलेका प्राविधिक टोलीसहित स्थानीय जनप्रतिनिधिहरु, शालिक निर्माण समिति, धरमपुर बजार व्यवस्थापन समिति, धरमपुर पेशा व्यवसायी संघ, स्थानीय व्यवसायीहरुको उपस्थितिमा धरमपुर-मंगलबारे सडकतर्फ र धरमपुर–हाइस्कुल सडकतर्फ बोर्डन लाइन, ट्रेकिङ मार्क र जेब्राक्रस निर्माण गरिएका इतिहासकार स्वर्गीय इमानसिंह चेम्जोङ शालिक निर्माण समितिका संयोजक सुवेदार देउमान चेम्जोङले जानकारी दिए ।
सयोजक चेम्जोङका अनुसार स्थानीयवासीको आर्थिक सहयोगमा धरमपुर चौकमा पुर्णकदसहितको इमानसिंह चेम्जोङको शालिक निर्माणकार्य अन्तिम चरणमा पुगेको बताए । चेम्जोङले सो शालिक चाडै अनाबरण गरिने तयारीमा रहेको जानकारी गराएका छन् ।
आज (बिहिबार) बिहान धरमपुर चौक–बजार क्षेत्रमा सर सफाई गरिनुका साथै चौकको दायाँबायाँ व्यवसाय संञ्चालनका लागि बनाइएका टहराहरुलाई हटाउने कार्य समेत गरिएको छ । चौक–बजार क्षेत्रका सडकलाई समेत अतिक्रमण गरी बनाइएका टहराहरुलाई सम्बन्धित व्यवसायी र घर धनीको सहमतिमा हटाइएको हो ।
सो टहराहरुले सडकमा सवारीसाधनहरुलाई प्रभावित बनाइनुका साथै चौक–बजार क्षेत्रको सुन्दरतामा समेत असर पारेको स्थानीयहरु बताउँछन् ।
धरमपुर चौक–बजार क्षेत्रमा दैनिक सञ्चालन हुने सिटी सफारी, अटो, मारुती भेन, मालवहाक सवारी साधनहरुलाई पार्किङको व्यवस्था भइसकेको र चटपटे, पानीपुरी, बदाम, बरफ, आइसक्रिम लगायतका अन्य साना व्यवसायीहरुलाई बजारको टहरामा स्थान्त्रण गरिने तयारीमा रहेको धरमपुर बजार व्यवस्थापन समितिले जनाएको छ ।
बुधबार साप्ताहिक लाग्ने धरमपुर बजारको टहरालाई बुधबार बाहेक अन्य दिन प्रयोग गर्न सकिने भएकोले चौक–बजारको फुटफाटमा हुने व्यापार व्यवसायलाई व्यवस्थित गरिनुपर्ने अध्यक्ष लीलाबहादुर जोशीले बताए ।
पुर्वपश्चिम लोकमार्गमा पर्ने धरमपुर चौक–बजारबाट दक्षिणीतर्फ शिबगञ्ज, पाँचगाछी, महाभारा, कोरोबारी र बैगुनधुरासम्म पुग्न सहज भएकोले धरमपुर चौकमा सर्वसाधारणको आवत जावत बाक्लै हुने गरेको छ ।
फोटो फिचरः





