काठमाडौं, २ जेठ–नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो।

निगमले डिजेल र मट्टितेलको मूल्यमा मंगलबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर १० रूपैयाँ घटाएको छ। पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत् छ।

मूल्य घटेसँगै डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १५५ रूपैयाँ कायम भएको छ। यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १६५ रूपैयाँ थियो।

पेट्रोलको मूल्य प्रतिलिटर १७५ रूपैयाँ, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १६० रूपैयाँ, हवाई इन्धन (बाह्य) को प्रतिलिटर अमेरिकी डलर १.३५० र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ८ सय रूपैयाँ कायमै छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *