काठमाडौं, जेठ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टी राजनीतिक नभएको टिप्पणी गरेका छन्। ३० औं मदन–आश्रित स्मृति दिवसका सन्दर्भमा पुरानो पार्टी कार्यालय बल्खुमा आयोजित कार्यक्रममा कांग्रेसलाई ‘हावा न चावा’को पार्टीको संज्ञा दिएका हुन्।

‘नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावाको१ कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छाडिसक्यो। त्यो पार्टीलाई हावा न चावाको पार्टी बनाइयो,’ उनले भने।

उनले देश गम्भीर परिस्थितिमा भएका बेला लामो इतिहास बोकेको कांग्रेस किंकर्तव्यविमूढ बन्न पुगेको बताए।

‘भोलि उठी कहाँ जाने केही थाहा छैन, के गर्नुपर्ने होरु आज देशलाई कसरी सही बाटोमा लानुपर्ने होरु त्यो कुरामा छैन। त्यसमा सोच्न सक्ने अवस्थामा छैन। यसको अर्थ हो हाम्रो पार्टी एक्लैले यो अभिभारा वस्तुतः पूरा गर्नुपर्ने छ,’ उनको भनाइ थियो।

उनले एमाले सत्ता स्वार्थ, सरकार गठनका निम्ति कसैसँग नमिल्ने पनि बताए।

‘त्यत्तिका लागि त्यही सीमाभित्र मिल्ने कुरा हुदैन,’ उनले भने, ‘कसैसँग हाम्रो एकता हुन्छ भने देश, जनता र परिवर्तन, सुशासन र विकासका लागि मिल्न सक्छौँ,’ उनले भने।

अहिलेको गठबन्धन उद्देश्य, गन्तव्यहीन भएको आरोप लगाउँदै उनले अहिले विकास(निर्माण नहुनु, अस्थिरता र अराजकताबाट गुज्रनुको कारण सत्ता गठबन्धन नै भएको बताए।

‘यति भयावह अवस्था छ, सरकार जान्छ कि टिक्छ भन्ने कुरामै छ। मैले अस्ति प्रधानमन्त्रीलाई भनें(भ्यागुतो सर्पका मुखमा परिसकेपछि झिँगोसिँगो आयो भने जिब्रो निकाल्छ खानलाई,’ उनले भने, ‘आफैं सर्पको मुखमा परिसक्यो, आधा सर्पले निलिसक्यो तैपनि अगाडि झिँगो, पुतली देखे पिलिक्क जिब्रो निकाल्छ, खानका निम्ति। अहिलेको सरकार त्यस्तै छ। यो त संकटैसंकटले घेरिएर धेरै मुख भएको सर्पको पेटमा पर्ने स्थितिमा छ।तर सरकार बेखबर छ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *