काठमाडौं, ४ जेठ–सगरमाथा आरोहण सकेर फर्किने क्रममा एक जनाको मृत्यु भएको छ। नेपाली सेनाको सफा हिमाल अभियान-२०२३ अन्तर्गत आरोहण सकेर आधार शिविरतिर फर्किँदै गर्दा अभियानमा संलग्न संखुवासभा निवासी फुर्वा शेर्पाको निधन भएको हो।

नेपाली सेनाको सैनिक तथा जनसम्पर्क निर्देशनालयका अनुसार फुर्वाको शव निकालेर ल्याउने प्रयास भइरहेको छ।

त्यस्तै आरोहण गरी फर्किने क्रममा सहसेनानी दीपेन्द्रसिंह खत्री अस्वस्थ भएका थिए। उनलाई आरोहणमा संलग्न अन्य टोली समेतको सहयोगमा क्याम्प-२ सम्म ल्याएर थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

सहसेनानी खत्रीसँगै अरू तीन जनालाई पनि उपचारका लागि काठमाडौं ल्याइएको र हाल सबैको अवस्था सामान्य रहेको निर्देशनालयले जनाएको छ।

प्रतिकूल मौसमका बाबजुद प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा हिमाल सफाइ अभियानको बाँकी काम सञ्चालन भइरहेको पनि निर्देशनालयले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *