काठमाडौं, ४ जेठ–आगामी असार ६ देखि भारतको बेंगलुरूमा हुने साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल कुवतेसँग खेल्ने भएको छ।

नेपाल र कुवेतबीच साफको उद्घाटन खेल हुने भएको हो। सोहि भारत र पाकिस्तान भिड्नेछन्।

नेपालले दोस्रो खेल भारतसँग असार ९ र समूहको अन्तिम खेल असार १२ मा पाकिस्तानसँग खेल्नेछ।

नेपालका खेल

नेपाल भर्सेस कुवेतः – असार ६, दिउँस ३ः३० बजे
नेपाल भर्सेस भारतः– असार ९, राति ७ः ३० बजे
नेपाल भर्सेस पाकिस्तानः– असार १२, दिउँस ३ः३० बजे

नेपाल, भारत, कुवेत र पाकिस्तान समूह ‘ए’ मा छन्। समूह ‘बी’ मा लेवनान, भुटान, बंगलादेश र माल्दिभ्स छन्।

दुवै समूहका शीर्ष दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन्। फाइनल आगामी असार १९ मा हुनेछ।

दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १४औं संस्करणको ड्र आज सार्वजनिक गरिएको हो।

दक्षिण एसियाली फुटबल महासंघ ९साफ० ले यसअघि साफ बाहिरका टिमलाई आमन्त्रित टिमको रुपमा सहभागी गराउने निर्णयअनुसार लेवनान र कुवेतले पनि साफ खेल्न लागेका हुन्।

कुवेत र लेवनानसँगै साफका ६ टिम गरी कुल ८ टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेका हुन्। श्रीलंकालाई फिफाले प्रतिबन्ध भएकाले उसले प्रतियोगितामा भाग लिन पाउनेछैन।

सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपको सन् २०२३ को संस्करण १४औं संस्करण हो।

सन् २०२१ मा माल्दिभ्समा भएको पछिल्लो साफमा भारतले उपाधि जितेको थियो। त्यतिबेला नेपाल फाइनलमा पराजित हुँदा पहिलो उपाधि जित्नबाट बन्चित भएको थियो।

१३ संस्करण मध्ये भारतले आठ पटक उपाधि जितेको छ। नेपालले भने अहिलेसम्म उपाधि जित्न सफल भएको छैन। गत संस्करणको फाइनलमा पुग्नु नेपालको उच्च प्रदर्शन हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *