दमक, ५ जेठ–अपहरणमा परेको भ्रम फैलाउने बुद्धशान्ति गाउँपालिका–४ निवासी ३२ वर्षीय शेरबहादुर सुहाङ र ३९ वर्षीय फुलबहादुर गौतम दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको लिम्बुवान भोलेन्टियर्स ९एलभ० कमान्डरसमेत रहेका सुहाङ बेपत्ता भएपछि आफन्त र मञ्चले इलाका प्रहरी कार्यालय धुलाबारीमा खोजतलासका लागि अनुरोध गरेका थिए।

सुहाङ वैशाख ३१ गते अपहरणमा परेको दाबी गर्दै उनलाई सकुशलमुक्त गर्न र दोषीमाथि कारबाही गर्न आफन्त र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले माग गरेको थियो। जिल्ला प्रहरी कार्यालय झापाले तालिम प्राप्त कुकुरसमेत प्रयोग गरेर खोज तलास गर्दा सुहाङलाई इलामको रोङ गाउँपालिका–४ स्थित बिरिङ खोलाको पुलमुनी लुकेर बसिरहेको अवस्थामा बुधबार फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालले जानकारी दिए।

अपहरणमा परेको नाटक गर्ने क्रममा सुहाङले बुद्धशान्ति वडा नं ७ को पैनीबगर भन्ने स्थानमा आफूले लगाएको घडी र लुगासमेत फ्याकेको प्रहरीले फेला पारेको छ। नेविसंघका कार्यकर्तासँग विवाद परेका कारण अपहरण गरिएको भन्ने भ्रम सिर्जना गर्न सुहाङले साथी ३९ वर्षीय फुलबहादुर गौतम दर्जीसँग मिलेमतो गरेको प्रहरीले जनाएको छ।

प्रहरीले दर्जीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *