झापा, १६ जेठ–कोशी नामाकरणको विरोध आन्दोलनमा उत्रिएका जेठ १४ गते पक्राउ परेका २७ जना नेता कार्यकर्तालाई स्थानीय प्रशासनले मुद्दा चलाउने तयारी गरेपछि प्रदेश १ पुनः नामकरण संघर्ष समितिले आफ्ना कार्यकर्ता नछोडे प्रदेशव्यापी आमहड्ताल गर्ने चेतावनी दिएको छ ।

संघर्ष समितिले आज विज्ञप्ति जारी गर्दै आइतबारको आन्दोलनका क्रममा प्रहरीले ९० जनालाई धरपकड गर्नुका साथै गोली, ढुङ्गा, लाठी प्रहारबाट २५ भन्दा बढी शक्त घाइते बनाएको जनाएको छ ।

प्रहरीले अस्पतालमा उपचार गराइरहेका घाइतेसमेत गरी ८६ जनालाई गिरफ्तार गरेको र त्यसमध्ये २७ जनालाई अझै रिहा नगरेको भन्दै संघर्ष समितिले उनीहरुको तत्काल रिहाइको माग गरेको छ । पक्राउ परेका राजनीतिक तथा सामाजिक सङ्गठनका नेताहरूलाई राजबन्दीको रूपमा नलिई अपराधीसरह व्यवहार गरिरहेको प्रति निन्दा गरिएको छ ।

आन्दोलनको नेतृत्व गरिरहेका नागरिक उन्मुक्ति पार्टी ९एकीकृत० का उपाध्यक्ष अशोक चेम्जोङ लिम्बूलगायत २७ जनालाई बिना शर्त रिहाइ नगरेमा जेठ १७ गतेदेखि अनिश्चितकालीन प्रदेशव्यापी आमहड्ताल गर्ने समेत चेतावनी दिइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *