काठमाडौं, १७ जेठ–नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालमाथि मंगलबार कार्यक्रममा हुलहुज्जत गरेपछि पार्टीको भ्रातृ संस्था पिपुल्स भोलन्टिएर्सले विरोध जनाएको छ।
एक विज्ञप्ति जारी गर्दै संघले वाक स्वतन्त्रताको प्रयोग गर्ने नाममा राजावादीहरूले आफ्ना नेतालाई मानमर्दन गरेको भन्दै उनीहरूमाथि कारवाहीको माग गरेको हो।
संघले खनालमाथि भएको तुच्छ हर्कतमा संलग्नलाई यथाशिघ्र कारबाहीको माग गर्न अपिल गरेको छ।
अध्यक्ष शिवकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वाक स्वतन्त्रताको नाममा कोही कसैको मानमर्दन गर्न पाइँदैन। सम्मानित नेता खनालमाथि भएको हुलहुज्जतमा संलग्नलाई कारबाहीको माग गर्दछौं।’
हिजो राजधानीको एक कार्यक्रममा आफूलाई राजावादी बताउने केही व्यक्तिले खनालमाथि विभिन्न आरोप लगाउँदै नाराबाजी गरेका थिए।

