झापा, १७ जेठ–सरकारले झापाका १५ वटा पालिकालाई बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सबैभन्दा धेरै बजेट दमक नगरपालिका र दोस्रोमा मेचीनगर नगरपालिकालाई विनियोजन गरेको छ । दमक नगरपालिकालाई ९५ करोड ८९ लाख र मेची नगरपालिकालाई ९१ करोड ५५ लाख विनियोजन गरेको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमवार सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा जिल्लाका ८ नगरपालिकामध्ये दमकलाई सबैभन्दा धेरै ९५ करोड ८९ लाख र दोस्रोमा मेचीनगरलाई ९१ करोड ५५ लाख बजेट विनियोजन गरेको छ ।
विर्तामोड नगरपालिका ८८ करोड ८३ लाख, शिवसताक्षी नगरपालिका ५५ करोड ८५ लाख, भद्रपुर नगरपालिका ५० करोड ९४ लाख, गौरादह नगरपालिका ५० करोड ९२ लाख, अर्जुनधारा नगरपालिका ४७ करोड १६ लाख र कनकाई नगरपालिकालाई ३८ करोड १८ बजेट विनियोजन गरेको छ ।
त्यस्तै कमल गाउँपालिका ४६ करोड ३६ लाख, कचनकबल गाउँपालिका ४० करोड २५ लाख, बुद्धशान्ति गाउँपालिका ३८ करोड तीन लाख, झापा गाउँपालिका ३५ करोड ३७ लाख, गौरीगञ्ज गाउँपालिका ३४ करोड २७ लाख, बाह्रदशी गाउँपालिका ३४ करोड नौ लाख र हल्दिबारी गाउँपालिका ३१ करोड ३३ लाख रकम विनियोजन गरेको छ ।
