डुँडामारी, १४ असोज–चाडपर्व नजिकिएसंगै झापाको शिबसताक्षी–८ डुँडामारी बजारका स्थानीयहरु बजार क्षेत्रको सरसफाईमा जुटेका छन् । डँडामारी समाजसेवी क्लबले आयोजना गरेको बजार क्षेत्रको सरसफाई गरिनुका साथै बढ्दो अवस्थामा रहेको डेँगीको लार्भा समेत नष्ट गरिएको छ ।
सो क्लबले आज (आइतबार) विहान जुँगे चोकमा एक कार्यक्रमको आयोजना गरि सरसफाईसहित डेँगीको लार्भा नष्ट गरेको हो । मौसम परिवर्तनसंगै तराईको भूभागमा डेँगी सम्बन्धीको प्रकोप दिनानुदिन बड्न थालेपछि डुँडामारी बजार आसपासका क्षेत्रमा सरसफाईसंगै डेँगीको लार्भा नष्ट गरिएको क्लबका अध्यक्ष सन्तकुमार आङदेम्बेले बताए ।
उनका अनुसार क्लबले समाज रपान्तरणको लागि बिभिन्न काम गर्दै जाने बताए । सो अवसरमा बजार क्षेत्रमा जमेको पानी, पुराना टायर, गमला , फ्रिज लगायातको जमेको पानीमा भएका लार्भाहरु नष्ट गरिएको थियो ।
सरसफाई अभियानमा स्थानीय निम्बस इङ्गलिस स्कुल र भगवती आधारभुत बिद्यालयका स्काउट बिद्यार्थीहरु साथै राधाकृष्ण कृतन मण्डली र पाथीभरा कृतन मण्डलीका सदस्य लगायत स्थानीय १ सय बढीको सहभागिता रहेको थियो । उक्त अवसरमा निम्बस इङ्गलिस स्कुल संस्थापक प्रिन्सिपल राजेन बुढाथोकी र स्थानीय समाजसेबी गोपाल कुँवरले यस कार्यको प्रशंसा गर्दै कार्यसफलताको शुभकामना दिएका थिए ।
क्लब असोज ९ गते मात्र बिधिबत रुपमा नगर पालीकामा दर्ता भएको हो । यस क्लबको अध्यक्षमा सन्तकुमार आङ्गदेम्बे, उपाध्यक्षमा खेमप्रसाद उप्रेती ,सचिबमा कमलप्रसाद पौड्याल, सहसचिबमा शान्ति तामाङ्ग, कोषाध्यक्षमा सन्दिप भण्डारी रहेका छन तयसैगरि क्लबको सदस्यहरुमा क्रमशः भगिरथ घिमिरे, तिर्थकुमार निरौला, सुमन चेम्जोङ्ग, मनमाया आङ्गदेम्बे, निर्मला राउत मिश्र र लक्ष्मि सम्बाहाम्फे छन् ।
कलबको पहिलो बैठकबाट ०८१ सम्ममा एक थान एम्बुलेन्स खरिद गरि संचालन गर्ने निर्णय समेत गरेको छ भने डुडामारी बजार देखि फाक्तेप सम्म सडक बत्ति जडान गर्ने र साबीक सातासीधाम १ नम्बर वडा हाल टोल नम्बर १ का प्रत्येक घरको तथ्याङ्ग संकलन गरि घर नम्बर प्लेट टाँस गर्ने लक्ष्य रहेको क्लबका सचिब कमलप्रसाद पौड्यालले जानकारी दिए ।

