सम्झाना चौका (झिलझिले), १५ असोज–झापाको शिवसताक्षी–८ झिलझिलेमा जारी प्रथम बोका जुनियर फुट्बल प्रतियोगितामा ब्याङ्डाँडा फुट्बल क्लब र श्रीजङ्गा युवा समाज चुलाचुली इलाम सेमि फाइनलमा प्रवेश गरेका छ्न ।

प्रतियोगिता अन्तरगत आजबाट क्वाटर फाइनल खेल शुरु भएको छ । आज सोमबार भएको पहिलो खेलमा ब्यङ्गडाडा फुट्बल क्लबले के एन के फुट्बल क्लब माइधारलाई ट्राइबेकरमा ४ का विरुद्ध ५ गोल लगएर सेमि फाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा दुबै तर्फबाट १–१को बराबरी भए पछि खेल ट्राइबेकरबाट छिनो फानो भएको हो ।

उक्त खेलको म्यान अफ द म्याच बिजयी टिमका गोल किपर बिबेक वाग्ले घोषित भए ।

त्यस्तै, आजै भएको दोस्रो खेलमा श्रीजङ्गा युवा समाज चुलाचुली बिजयी हुँदै सेमिफाइनल प्रबेस गरेको छ ।

पहिलो हापसम्म श्रीजङ्गा युथ समाज चुलाचुली २र१को अग्रता रहएको थियो भने दोस्रो हापको दुबैतर्फ गोल हुन सकेन अनि जित शृजङ्गा समाज बिजयी बन्दै सेमिफाइनल प्रबेस गर्यो ।

यस खेलको म्यान अफ द म्याच बिजेता टिमका क्याप्टेन जर्सी नम्मर १० का आशिष् लावतीले पाए ।

भोलीको पहिलो खेल दुधे फुट्बल क्लब भर्सेस फुलबारी फुट्बल क्लब धरम्पुरबीच हुनेछ भने दोस्रो खेल राइजिङ्ग युथ क्लब शिबगन्ज भर्सेस एम एफ सि चुलाचुली इलामबीच हुने क्लबका अध्यक्ष शुनिल बोखिमले जानकारी दिए ।

असोज २० गतेसम्म सन्चालन हुने यस प्रतियोगिताको बिजेताले नगद २५हजार र उपबिजेता टिमले १५ हजार सहित मेडल, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *