झिलझिले, १७ असोज–झापाको शिबसताक्षी–८ झिलझिलेस्थित सम्झाना चौकमा जारी प्रथम बोका जुनियर फुटबल प्रतियोगिताको बुधबार सम्पन्न सेमिफाइनल खेलमा एमएफसी युथ क्लब चुलाचुलीले बाजी मारेको छ ।
एमएफसी युथ क्लबले श्रीजंघा युवा समाज चुलाचुलीलाई शून्यका विरुद्ध ४ गोल अन्तरले बाजी मार्दै उपाधीका लागि फाइनलको यात्रा तय गरेको हो ।
प्रतियोगिता मुल समितिका संयोजक सुवास मेन्याङ्बो लिम्बूका अनुसार बोका जुनियर फुटबल क्लब शिबसताक्षी–८ ले आयोजना गरेको प्रतियोगितामा १६ टिमले सहभागिता जनाएको छ ।
प्रसमितिका संयोजक लिम्बूका अनुसार तियोगिता अन्तरगत बिहीबार (भोली) को दोस्रो सेमिफाइनल खेल दुधे एफसी र केएनके स्र्पोटिङ क्लबबीच हुने छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असोज २० गतेका दिन हुनेछ ।
