काठमाडौं, १८ असोज–संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा बिहीबार विश्व शिक्षक दिवस मनाइँदैछ।

यो वर्ष दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरू चाहिन्छः शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ तय भएको छ।

नेपाल शिक्षक महासंघले नेपाल सरकारसँग यही असोज ५ गते भएको सहमतिअनुसार विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गराउन दबाब दिन सबै शिक्षक र कर्मचारीमा सफलता मिलोस् भनी दिवसको शुभकामना दिएको छ ।

समाजमा शिक्षकको भूमिका स्थापित गर्न सन् १९९४ देखि यो दिवस मनाउन थालिएको हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *