सम्झाना चौक (झिलझिले), १८ असोज–झापाको शिवसताक्षी–८ झिलझिलेस्थित सम्झना चौकमा जारी प्रथम बोका जुनियर फुट्बल प्रतियोगिताको उपाधि रक्षाको लागि एम.एफ.सि.युथ क्लब चुलाचुली भर्सेस दुधे युथ क्लब शिबसताक्षीबीच भिडन्त हुने पक्का पक्की भएको छ ।

आज (विहिबार) सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा ब्यङ्गडाडा युथ क्लबलाई दुधे युथ क्लबले १ का विरुद्ध २ गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको छ । दुधे युथ क्लबले कम्तिमा १५ हजार सहित ट्रफी, मेडल, शिल्ड र प्रमाणपत्र सुरक्षित गरेको छ ।

खेलको पहिलो हाप दुधे युथ क्लबले १ गोलको अग्रता कायम गरेको थियो । दोस्रो हापको १५ मिनेट्मा ब्यङ्ग्डाडाले गोल गर्दै खेल बराबरीमा ल्यएको थियो । तर, खेलको २५ मिनेटमा पेनाल्टी मार्फत दुधेले गोल थप्दै गोल अन्तर दोब्बर बनायो । निकै प्रतिस्पर्धात्मक भएको खेलको इन्जुरी समयमा दुधेले पुनः गोल गरदै खेल ३–१ को अन्तरले नतिजा दुधे युथ क्लबको पोल्टोमा पार्यो ।

११ असोजमा सुरु भएको प्रतियोगिताको उद्घाटन शिबसताक्षी नगर प्रमुख मेगाहाङ (रोशन) थोप्रोले गर्नुभएको थियो । प्रतियोगितामा झापा, इलाम र मोरङका गरी कुल १६ टिमले सहभागिता जनाएका थिए ।

असोज २० गते शनिबार हुने फाइनल खेलमा बिजेताले रु २५ हजार र उपबिजेताले रु १५ हजारसहित ट्रफि, शिल्ड, मेडल, प्रमाणपत्र पाउने खेल संयोजक सुवास मेन्याङ्बोले जानकारी दिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *