काठमाडौँ, १८ असोज–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवालाई विदेश पलायन गराएर सुनियोजित किसिमले मुलुक रित्याउन लागिएको बताएका छन्।

बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष केसीले नेपालका श्रमिक र विद्यार्थीहरू विदेश पलायन भइरहेका भन्दै त्यसलाई रोक्नुपर्ने बताएका हुन्।

उनले नेपालमा रोजगारी दिन नसके युवाहरू विदेशिए भनेर गोहीको आँसु चुहाउनुको अर्थ पनि नभएको बताए। उनले युवाहरू विदेशिएको सम्बन्धमा विशेष एजेण्डा बनाएर संसद्‌मा छलफल गर्नुपर्ने बताए। य

सरी युवा पुस्ता विदेशिए आगामी २० वर्षमा मुलुक रित्तिने बताए। उनले यो विषयमा संसद्‌मा विस्तृत छलफल गर्दै निराकरणका लागि बेलैमा सतर्क हुनुपर्ने बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *