दमक, १९ असोज–झापाको दमक–६ मा अवस्थित कलश वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज (शुक्रबार) १२औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
बेलडाँगी रोडस्थित मारवाडी सेवा समितिको भवनमा आयोजित संस्थाको १२औं वार्षिक साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष महेश घिमिरेले अध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका तर्फबाट संयोजक कमल बरालले प्रस्तुत गरेको लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तैं, साधारणसभामा संस्थाले आर्थिक बर्ष २०७९।०८० मा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुसहित विषयगत क्षेत्रका उत्कृष्ट सदस्यहरुलाई सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

संञ्चालक समितिका अध्यक्ष महेश घिमिरेको अध्यक्षतामा १२औं वार्षिक साधारणसभामा उपाध्यक्ष युवराज (सागर) खनालले स्वागत मन्तव्य राख्नुभएको थियो । वार्षिक साधारणसभामा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष प्रेम प्रसाद कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।
वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा संस्थाले आर्थिक वर्ष २०७९।०८० का गतिविधिहरु र आगामी आर्थिक बर्ष २०८०।०८१ का योजना, कार्यक्रम र वित्तिय कारोबार सम्बन्धीका अनुमानित सुचाङ्क समेत सार्वजनिक गरिएको थियो ।
सञ्चालक समितिका अध्यक्ष घिमिरेले प्राकृतिक विपत्ती राहत कार्यक्रम, सदस्य मृत्यु राहत कार्यक्रम, सदस्यलाई जटिल रोग लागेमा दिईने सहयोग कार्यक्रम, सुत्केरी भत्ता वापतको कार्यक्रम, शैक्षिक प्रोत्साहन लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिइने प्रतिवेदनमा उल्लेख छ ।

वार्षिक साधारणसभाको उद्घाटन समारोहका प्रमुख आतिथि कोईरालासहित जिल्ला सहकारी संघका लेखा संयोजक चुडामणी ओझा, दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय बराल, दमक एभरेष्ट सहकारी संस्थाका सचिव ज्ञाननाथ पौडेल ज्ञानु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
१२औं वार्षिक साधारणसभाको समुद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सचिव रघुबीर बुढाथोकीले गर्नुभएको थियो ।
सोही, भवनमा संस्थाले बन्दसत्र कार्यक्रमको सञ्चालन गरेको र सहभागि शेयर सदस्यहरुले संस्थाको तर्फबाट प्रस्तुत भएका अध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनलाई सुझावसहित पारित गरिएको संस्थाका व्यवस्थापक शेखरबाबु भट्टराईले जानकारी दिनुभयो ।

