झिलझिले, २० असोज–झापाको झिलझिलेस्थित सम्झाना चौकमा सञ्चालित प्रथम बोका जुनियर फुटबल कपको उपाधि दुधे युथ क्लबले कब्जा गरेको छ । उसले एमएफसी क्लब चुलाचुली इलामलाई १ का विरुद्ध ३ गोल गर्दै प्रथम बोका जुनियर फुटबल कपको उपाधि दुधे युथ क्लबले कब्जा गरेको हो ।

शनिबार, झिलझिलेस्थित सम्झाना चौकमा अवस्थित बोका जुनियर फुटबल खेल मैदानमा उपाधिका लािग एमएफसी चुलाचुली र दुधे युथ क्लबबीच भिडन्त भएको थियो ।

उपाधि बिजेता दुधे युथ क्लबले रु २५ हजारसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणत्र पाएका छन् भने उपबिजेता एमएफसी चुलाचुलीले रु १५ हजारसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएका छन् ।

सोही कार्यक्रममा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल किपर, डिफेन्डर लगायतका विभिन्न क्षेत्रका पुरस्कारहरु समेत बितरण गरिएको थियो ।

बिजेता र उपबिजेता क्लबहरुलाई बोका जुनियर फुटबल क्लबका अध्यक्ष सुनिल बोखिम, कार्यक्रमका प्रमुख अतिथि शिबसताक्षी–८ का वडा अध्यक्ष सन्त फेउदेन लिम्बू, शिबसताक्षी–११ का वडा अध्यक्ष बहादुर आङ्बो, क्लबका पूर्व अध्यक्ष बिशाल शेर्मा र आयोजक क्लबका सल्लाहकार संयोजक तथा शिबसताक्षीका पूर्व नगर प्रवत्ता नविन इजमले ट्रफी, शिल्ड, प्रमाणपत्र, मेडल र नगद चेक बितरण गर्नुभएको थियो ।

११ असोजदेखि सुरु भएको बोका जुनियर फुटबल कपको उद्घाटन नगर प्रमुख मेगाहाङ थोप्रोले गर्नुभएको थियो । सो फुटबल कपमा १६ टिमले सहभागिता जनाएका थिए ।

शिबसताक्षी नगरपालिकाको कार्यालय व्याङडाँडा, वडा कार्यालय शिबसताक्षी–८ झिलझिले, वडा खेलकुद विकास समितिले मूख्य प्रयोजक गरेका थिए ।

त्यस्तै, याक्थुम चुम्लुङ इजरायल, मेची कलर हाउस झिलझिले, पूर्व खेलाडी मनोज लावतीले सहप्रयोजक गरेका छन् । सो प्रतियोगिता सम्पन्न गर्न रु ३ लाख ५० हजार अनुमानित खर्च गरिएको छ ।

आजै, फाइनल खेल सम्पन्न हुनुअघि, आयोजक बोका जुनियर फुटबल क्लब र फाक्त्तेप पुटबल क्लबबीच अण्डर १५ को मैत्रीपूर्ण खेल भएको थियो । सो खेलको निर्धारित समयमा गोलरहित बराबरीमा सम्पन्न भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *