झिलझिले, २१ असोज–झापाको शिवसताक्षी–८ झिलझिले ेस्थित सम्झाना चौकमा सञ्चालित प्रथम बोका जुनियर फुटबल प्रतियोगिताको उपाधि दुधे युथ क्लबले कब्जा गरेको छ ।
शनिबार भएको फाइनल खेलमा एमएफसी क्लब चुलाचुली इलामलाई १ का विरुद्ध ३ गोल गर्दै दुधे युथ क्लब शिवसताक्षीले प्रथम बोका जुनियर फुटबल प्रतियोगिताको उपाधि कब्जा गरेको हो ।
उपाधि बिजेता दुधे युथ क्लब शिवसताक्षीले नगद २५ हजारसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणत्र पाएका छन् ।
त्यस्तै, उपबिजेता एमएफसी चुलाचुलीले नगद १५ हजारसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
निकै प्रतिस्पर्धात्मक भएको खेलको पहिलो हापको ९ औ मिनेटमा दुधेका जर्सी नम्बर १५का निकेश श्रेष्ठले मनिस लिम्बुको क्रस पास लाई सदुपयोग गर्दै डिबक्स बाहिर बाट हानेको प्रहार सिधै जाली चुम्यो ।
यो संगै खेल दुधेले १ गोलको अग्रता बनायो । तर यो दुधेको खुशी धेरै बेर टिक्न सकेन एमएपसी चुलाचुलीका जर्सी नम्बर ७ का युनिस मगरले २ जना डिफेन्सलाई छक्याउदै १२औ मिनेटमा गोल गर्न सफल भए ।
खेल बराबरी हुन पुग्यो । सिमसिमे झरिको कुनै वास्ता नगरि निकै रोमान्चक भएको खेलमा दुबै तर्फबाट राम्रा गोल लगाउने अवसरहरु गुमाउदा पहिलो हाप १ ÷१ को बराबरीमा सकियो ।
दोस्रो हाप भएको केहि समयपछि पुन पानी पर्न थाल्यो खेल मैदानको केहि स्थान हिल्लाम्मे हुन पुग्यो । अनि कतिपय खेलाडीहरु पछारिन थाले अनि दर्शक दिर्गबाट आ–आफ्नो समर्थन टिमलाई हुटिङको बर्षा शुरु भयो ।
खेलको ४१औ मिनेटमा जर्सी नम्बर १५का नेकेश श्रेष्ठले दिएको पासलाई सदुपयोग गर्दै जर्सी नम्बर १०का मनिस लिम्बुले निकै आकर्षक गोलगाइ गोलको अग्रता दोब्बर बनाए ।
करिब एक हजार दर्शकको भिडमा भईरहेको खेलको ६० प्रतिशत दर्शकको समर्थन दुधेको पक्षमा रहेको प्रस्ट देखिनथ्यो । दुबै तर्फका गोल किपरहरुले धेरै राम्रा प्रहारहरु उत्कृष्ट बचाउ गर्न भ्याएका थिए ।
तर फेरी जर्सी नम्बर १०का निकै छरितो र फुर्तिलो कदका मनिष लिम्बुले डिबक्स भित्र हुलमुल हुदा गोल पोष्टको दिशातर्फ सुट गरि जाली चुमाए यो संगै लिम्बुको ब्यतिmगत २ गोल हुन पुग्यो भने खेलको अग्रता तेब्बर भयो ।
चुलाचुलीले गोल लगाउन कोसिस गरे पनि गोलकिपर चुम्बक साबित भए अन्तत खेल ३ ÷ १ले दुधेले जित्यो ।
फाइनल खेलको म्यान आफ द म्याच बिजेता टिमका मनिष लिम्बु घोषित भएका थिए । त्यसैगरि प्रतियोगिताको सर्बोेत्कृष्ट खेलाडी चुलाचुलीका जर्सी नम्बर १७का बिकास लेकुवा लिम्बु घोषित भए ।
सर्वाधिक गोलकर्ता दुधेका सन्दिप रासाईली घोषित हुदा उत्कृष्ट गोल किपर दुधेकै सन्दिप योङयाङ घोषित भए । त्यसैगरि राइजिङ प्लेयर आयोजक टिमका प्रनिस फागोलाई प्रदान गरिएको थियो ।
बिजेता र उपबिजेता क्लबहरुलाई बोका जुनियर फुटबल क्लबका अध्यक्ष सुनिल बोखिम, कार्यक्रमका प्रमुख अतिथि शिबसताक्षी–८ का वडा अध्यक्ष सन्तकुमार फेवदिन लिम्बू, शिबसताक्षी–११ का वडा अध्यक्ष बहादुर आङ्बो, प्रतियोगिता सञ्चालन मुल समितिका संयोजक सुवास मेन्याङ्बो, क्लबका पूर्व अध्यक्ष बिशाल शेर्मा र आयोजक क्लबका सल्लाहकार संयोजक तथा शिबसताक्षीका पूर्व नगर प्रवत्ता नविन इजमले ट्रफी, शिल्ड, प्रमाणपत्र, मेडल र नगद चेक हस्तान्तरण गरेका थिए ।
असोज ११ गतेबाट सुरु भएको प्रतियोगिताको उद्घाटन शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्रोले गर्नुभएको थियो ।
आजै, फाइनल खेल सम्पन्न हुनुअघि, आयोजक बोका जुनियर फुटबल क्लब र फाक्त्तेप पुटबल क्लबका अण्डर १५ बीच मैत्रीपूर्ण खेल भएको थियो । उक्त खेल गोल रहित बराबरी भएर सम्पन्न भएको थियो ।
१६ टिमको सहभागिता रहेको प्रतियोगिता सम्पन्न गर्नको लागी नगद ३ लाख ५० हजार अनुमानित खर्च गरिएको आयोजकले जानकारी दिएको छ ।
