झापा, २३ असोज–व्यवसायी दुर्गा प्रसाईंलाई केही व्यक्तिले मोसो दलेका छन्। जमलस्थित एक होटेलमा उनीमाथि अज्ञात व्यक्तिले मोसो दलेका हुन्।

सोमबार सो होटेलमा प्रसाईंले पत्रकार सम्मेलन राखेका थिए। पत्रकार सम्मेलन सकेर निस्कने वेलामा अज्ञात व्यक्तिले उनीमाथि कालो तरल वस्तु छ्यापेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

माओवादी केन्द्र, एमाले हुँदै राजतन्त्र फर्काउने ‘अभियान’मा लागेका प्रसाईंले पछिल्लो समय विभिन्न व्यवसायी र नेतालक्षित विवादास्पद अभिव्यक्ति दिँदै आएका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *