काठमाडौँ, २३ असोज–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सबै पार्टी एउटै हुन् भन्ने भाष्य सत्य नभएको टिप्पणी गर्नु भएको छ।

समाजवादी जागरण अभियानको नवौं दिन सिद्धार्थ कटेज बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उक्त टिप्पणी गर्नु भएको हो।

उहाँले भन्नुभयो, ‘यहाँ हरेक क्षेत्र बिग्रेको छ। संसदीय फाँटमा पनि उस्तै छ। राज्य शक्तिमा शक्ति केन्द्रित हुँदा विकृति बढ्छ। समाजमा रहेका हरेक प्रकारका विसंगतीको अन्त्य गर्नु जिम्मेवार पार्टीको कर्तव्य हो। जसको सुरूवात हामीले गरेका छौं। हाम्रो पार्टीले अगुवाई गरेको छ। विकृतिको अन्त्य गर्न समाजवादी जागरण अभियान सुरू गरिएको हो।’

अध्यक्ष नेपालले अगाडि भन्नुभयो,‘सबै उही र उस्तै हुन् भन्ने भाष्य गतल छ। सही होइन । राजनीतिमा हामी पनि छौं। हामी अरूभन्दा फरक हौं। हामीले विगतमा पनि राम्रो गरेका हौं । वर्तमानमा पनि राम्रो कामगर्ने प्रण गरेर समाजवादी अभियान सुरू गरेका छौं।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *