झिलझिले, २२ असोज–झापाको झिलझिलेमा मुख्य कार्यालय रही विभिन्न स्थानमा ५ वटा सेवा केन्द्रसहित सञ्चालनमा आएको छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औ वार्षिक साधारणसभा उद्याटन भएको भएको छ ।
झिलझिलेमा मुख्य कार्यालयसहित अन्य ५ स्थानमा सेवा केन्द्र रहेको यस सहकारी संस्थाले साधरणसभाको समापन भने आगमी २७ गते मुख्य कार्यलय झिलझिलेमा गर्ने जनाइएको छ ।
बित्तय अनुशासन र पारदर्शीता, छिमेकी साकोसको प्रतिबद्धता भन्ने यस संस्थाको मुल नारा सहित अघिबडिरहेको यस संस्थाले आज (सोमबार) आफ्नो मुख्य कार्यलय भवनमा संस्थाको १७औ बार्षिक साधरण सभाको उद्याटन-सत्र शिवसताक्षी नगरपालीकाका प्रमुख मेघाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की वडा नम्बर ८ का अध्यक्ष सन्तकुमार फेवदिनले संयुक्त रुपमा पानसमा दिप प्रज्वलनसहित १७ वटा क्यान्डिल बालेर उद्याटन गरेका थिए ।
सो अवसरमा संस्थका अध्यक्ष गाणेश प्रधानबाट अध्यक्षको बार्षिक प्रतिबेदन प्रस्तुत गरे । प्रस्तुत प्रतिबेदनमा १४ करोड ३ लाख ६७ हजार ८ सय रुपैया शेयर पुँजी रेहेको र ३९ करोड २० लाख ८० हजार ८ सय ५१ रुपैया संस्थाको निक्षेप रहेको छ भने ८६ करोड ५ लाख ८४ हजार ७ सय २१ रुपैयाको वासलत रहेको अध्यक्षको प्रतिबेदन मार्फत उल्लेख गरिएको छ ।
त्यसैगरि, लेखा समितिका संयोजक यामबहादुर खड्काले लेखा सुपरिवेक्षण समितिको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । संस्थाको संक्षिप्त बित्तिय प्रतिबेदन संस्थाका कार्यकारी प्रमुख नरबहादुर ओली प्रस्तुत गरेका थिए ।
संस्थामा हाल ४ हजार २४० जना शेयर सदस्यहरु छन् । संस्थामा सम्पती र दायित्व गरेर ८६ करोड ५ लाख ८४ हजार ७२१ को वासलात बनाउन समेत सफल भएको छ । सो संस्थाको ४ करोड ६७ लाख २७ हजार १५३ रुपैयाँको सुरक्षीत पुँजी कोष छ ।
कार्यक्रममा उत्कृष्ट ऋणि, उत्कृट कारोबार, उत्कृष्ट बचतकर्ता, जेष्ठ शेयर सदस्य र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेको छ । उनिहरुलाई दोसल्ला, सम्मान-पत्र र नगदसहित सम्मान गरिएको संस्थाका कार्यकारी प्रमुख नरबहादुर (नबीन) ओलीले जानकारी दिए ।
यस संस्थाको सेवा केन्द्रहरुमा साधरणसभा भोली (मंगलबार) देखि २६ गतेसम्म हुने संस्थाले जनाएको छ । जस अनुसार भोली (मंगलबार) असोज २३ गते जनाता सेवा केन्द्र शिवसताक्षी–५ पाँचगाछीमा हुने छ ।
त्यसैगरि, २४ गते बुधबार दमक सेवा केन्द्र, २५ गते विहिबार शिवसताक्षी २ मंगलबारे सेवा केन्द्र, २६ गते शुक्रबार केर्खा सेवा केन्द्र कमल र सोही दिन सुरुङ्ग सेवा केन्द्र कन्काईमा १७औं वार्षिक साधारणसभा हुनेछ ।
संस्थाको आागामी ४ वर्ष कार्याकालको लागि सञ्चालक समिति समेत निर्वाचनद्धारा चयान गर्ने गरि साधरणसभाको समापन २७ गते हुने सहकारी संस्थाले जानकारी दिएको छ ।
कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष सन्तकुमार फेवदिन, उपप्रमुख नरमाया कार्की, नगरप्रमुख मेघाहाङ थोप्रा लगायातले शुभकामना मन्तब्य बोलेका थिए ।
संस्थाका सदस्य पर्शुराम ढंगनाको स्वगात मन्तब्य रहेको कार्यक्रमको संचालन संस्थाका सचिब उदयप्रकाश राईले गरेका थिए ।

