रुपन्देही, २२ असोज–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारविरुद्ध सरकारले अघि सारेको अभियान प्रभावकारी हुन नसकेको आरोप लगागु भएको छ।

पार्टीको जारी समाजवादी जागरण अभियानको आठौं दिन आइतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले सुशासन र भ्रष्टाचारविरुद्ध सरकारले सुरू गरेका अभियानहरू प्रभावकारी हुन सकेको बताउनु भएको हो।

उहाँले भन्नुभयो,‘सरकारले विभिन्न प्रकरणहरू बाहिर ल्यायो तर, बीचमै तुहिएकाले सरकारको अभियान प्रभावकारी हुन सकेनन्। सुन तस्करी प्रकरणमा पनि मुख्य मान्छे नभई भरियामात्रै समातिए। समाजमा दलाल पूँजीवाद हावी छ। यस कारण चाहेर पनि मुलुकलाई पार लगाउन गाह्रो भइरहेको छ। भ्रष्टचार अन्त्य गर्न सकिएको छैन।’

नेता खनालले देशमा रोजगार नहुँदा युवाहरु विदेशी भूमिमा पलायन हुनु परेको बताउँदै देशमा रोजगारीको सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो।

मुलुकमा रोजगारी बृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरण लगायतलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको बताउँदै अभियानले मुलुकलाई निकास दिने नेता खनालको दाबी छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *