भद्रपुर, २३ असुोज–राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशले झापामा मानव अधिकार कार्यान्वयनको वर्तमान अवस्था बारेमा आइतबार सरोकारवालासँग छलफल गरेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा मानव अधिकार अन्तरगत खाद्य सुरक्षा तथा जातीय विभेदको वर्तमान अवस्था बारे सर्वपक्षीय छलफल गरिएको हो ।

आयोगको कोशी प्रदेश प्रमुख पवनकुमार भट्टले सहजीकरण गरेको कार्यक्रममा अग्रज पत्रकार चिन्तामणि दाहाल, मोहन काजी, झापा वारका अध्यक्ष नारायणप्रसाद भट्टराई, अधिवक्ता कविता बाँस्तोला, अधिकारकर्मी विष्णुप्रसाद खरेल, दिपक दास, रणदीप हजाम, सोमनाथ पोर्तेल लगायतले धारणा राखेका थिए ।

उनीहरुका बुझाइमा राज्यले वर्तमान कानुनलाई समय अनुकूल परिमार्जन गर्न नसकेकै कारण मानव अधिकार हननमा राज्य कारक बनिरहेको छ । पिडकलाई संरक्षण गर्ने कानुन बदलेर पीडितको सुरक्षा हुने कानुन बनाउन आवश्यक रहेको उनीहरुले धारणा राखेका थिए ।

वक्ताहरुले खाद्य सुरक्षाका लागि स्थानीय सरकार बलियो रूपमा आउन सके अस्वाभाविक मूल्य वृद्धि तथा कालोबजारी अन्त्य भई नागरिकको दैनिक जीवनयापन सहज बन्न सक्ने विचार राखेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *