पाँचगाछी (जनता बजार), २३ असोज–छिमेकी बचत तथा ऋण सहकारी संस्थाले हिजो (सोमबार) १७औं वार्षिक साधारणसभाको समुद्घाटन गरेको छ । झिलझिलेमा मुख्य कार्यालय रहेको छिमेकी साकोसको विभिन्न पाँच स्थानमा सेवा केन्द्रहरु सञ्चालनमा आएको छ ।

यसैबीच, शिबसताक्षी–५ पाँचगाछीस्थित जनता सेवा केन्द्रमा छिमेकी बचत तथा ऋण सहकारी संस्थाले इकाईगत १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । जनता सेवा केन्द्रका संयोजक यामबहादु अधिकारीको अध्यक्षतामाको भएको कार्यक्रममा ४ जना जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान–पत्र र नगद रुपैयासहित सम्मान गरिएको थियो ।

त्यसैगरी, सेवा केन्द्रमा उत्कृष्ट कारोबार गर्ने ८ जना सहकारी संस्थाका शेयर सदस्यहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्र र नगद सहित सम्मान गरिएको थियो ।

वार्षिक साधारणसभामा सम्मानितहरुलाई प्रमुख अतिथी पशुराम ढुङ्गाना र शिबसताक्षी–४ का वार्ड अध्यक्ष विष्णु प्रसाई, सहकारी संस्थाका कार्यकारी प्रमुख नरप्रसाद (नबीन) ओलीले संयुक्त रुपमा दोसल्ला ओढाउनुका साथै प्रमाणपत्र र नगद हस्तान्त्रण गरेका थिए ।

सो साधारणसभामा संस्थाको १७औं वार्षिक साधारणसभामा तयार पारिएको अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुका साथै सहभागि शेयर सदस्यहरुलाई वितरण गरिएको थियो ।

जनना सेवा केन्द्र सहयोग समितिका सदस्य रामकुमार दाहालले स्वागत मन्तव्य राखेको वार्षिक साधारणसभाको सञ्चालन केर्खा सेवा केन्द्रका प्रमुख केशब आचार्यले गरेका थिए ।

यसैगरी, बुधबार २४ असोजमा दमक सेवा केन्द्र, बिहिबार २५ असोजमा धरमपुर–मंगलबारे सेवा केन्द्र, शुक्रबार २६ असोजमा सुरुङ्गा सेवा केन्द्र र सोही दिन केर्खा सेवा के्रन्द्रमा इकाईगत वार्षिक साधारणसभा सम्पन्न हुदैछ ।

सेवा केन्द्रहरुमा इकाईगत वार्षिक साधारणसभापछि शनिबार, २७ असोजमा झिलझिलेस्थित संस्थाको प्रधान कार्यालयमा १७औं वार्षिक साधारणसा समापन हुने कार्यकारी प्रमुख नरप्रसाद (नबीन) ओलीले जानकारी दिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *