दमक, २४ असोज–छिमेकी बचत तथा ऋण सहकारी संस्था दमक सेवा केन्द्रले आज (बुधबार) दमकमा इकाईगत १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । झिलझिलेमा मूख्य कार्यालय रहेको छिमेकी बचत तथा ऋण सहकारी संस्था दमक सेवा केन्द्रले दमकस्थित कनकाई पार्टी प्यालेसमा १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
दमक सेवा केन्द्रको इकाईगत वार्षिक साधारणसभामा संस्थाले दुई जना जेष्ट सदस्यसहित उत्कृष्ट कारोबार गर्ने १४ जना सदस्यहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुने जेष्ठ सदस्यहरु पदमलाल अधिकारी र कुविर प्रसाद गौतम छन् । त्यस्तैं, दमकस्थित सेवा केन्द्रमा आर्थिक वर्ष २०७९।०८० मा उत्कृष्ट कारोबार गर्ने १४ जना सदस्यहरुमा भुवन भट्टराई, रिभान लामिछाने, सामायारा राई, प्रवित्रा सिम्खडा, तुल बहादुर क्षेत्री, दिलबहादुर लिम्बू, लक्ष्मीप्रसाद लामिछाने, सुमित्रा राई, जगमाया श्रेष्ठ, तिलादेबी अधिकारी, नागेन्द्र साह, सोयन दंगाल, एसिका गुरुङ चिरञ्जिवी बजगाई छन् ।
सम्मानित जेष्ठ सदस्य र उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई प्रमुख अतिथि यज्ञराज ओली, छिमेकी सहकारी संस्था केन्द्रीय सञ्चालक समिति सचिव उदयप्रकाश राई, सदस्य पशुराम ढुंङ्गाना, संस्थाका कार्यकारी प्रमुख नरप्रसाद (नबीन) ओली लगायतले दोसल्ला ओढाउनुका साथै सम्मानपत्र वितरण गरेका थिए ।
दमक सेवा केन्द्रका संयोजक रोहित कुमार उप्रेतीको अध्यक्षतामा वार्षिक साधारणसभा भएको थियो । साधारणसभामा सञ्चालक समितिका सचिव उदयप्रकाश राई र कार्यक्रमका प्रमुख अतिथि यज्ञराज (गोपाल) ओलीले संस्थाको विषयमा मन्तव्य राख्नुभएको थियो ।

सोही अवसरमा संस्थाका वित्तिय अवस्था, प्रगतीसहित त्यसका सुचाङ्कहरु प्रस्तुत गर्नुभएको थियो । दमक सेवा केन्द्र मार्फत आर्थिक वर्ष २०७९।०८० मा ११ करोड ५० लाख ५३ हजार ४ सय ८५ रुपैयाको वासलातको प्रतिवेदन पेश गरेका थिए । कार्यकारी प्रमुख ओलीका अनुसार दमक सेवा केन्द्रले आर्थिक वर्षमा ४० लाख नाफा कमाएको समेत प्रतिवेदनमा उल्लोख गरेका थिए ।
यता, संस्थाको झिलझिलेस्थित केन्द्रीय कार्यालयमा गत सोमबार (२२ असोज) मा १७औं वार्षिक साधारणसभाको भब्य समारोहबीच उद्घाटन गरिएको छ । दमकसहित केर्खा, पाँचगाछीस्थित जनता बजार, धरमपुरस्थित मंगलबारे बजार र सुरुङ्गामा संस्थाको सेवा केन्द्रहरु सञ्चालनमा आएको छ ।
सो अवसरमा संस्थाका सञ्चालक समितिका अध्यक्ष गणेश प्रधान, लेखा सुपरिवेक्षण समितिका संयोजक यामबहादु खड्का र कार्यकारी प्रमुख नरप्रसाद (नवीन) ओलीले आ–आफ्ना प्रतिवेदनहरु प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत प्रतिबेदनमा १४ करोड ३ लाख ६७ हजार ८ सय रुपैया शेयर पुँजी रेहेको र ३९ करोड २० लाख ८० हजार ८ सय ५१ रुपैया संस्थाको निक्षेप रहेको छ भने ८६ करोड ५ लाख ८४ हजार ७ सय २१ रुपैयाको वासलत रहेको अध्यक्षको प्रतिबेदन मार्फत उल्लेख गरिएको छ ।
संस्थामा हाल ४ हजार २४० जना शेयर सदस्यहरु छन् । संस्थामा सम्पती र दायित्व गरेर ८६ करोड ५ लाख ८४ हजार ७२१ को वासलात बनाउन समेत सफल भएको छ । सो संस्थाको ४ करोड ६७ लाख २७ हजार १५३ रुपैयाँको सुरक्षीत पुँजी कोष छ ।
वार्षिक साधारणसभामा सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका सचिव समेत रहनुभएका दमकस्थित सर्वोदय अंग्रेजी विद्यालयका प्रिन्सिपल नबीन योगी, सञ्चालक समिति सदस्य गणेश घिमिरे, पशुराम ढुंङ्गाना, केर्खा सेवा केन्द्रका संयोजका लैन बहादुर पौडेल, जनता सेवा केन्द्रका संयोजक यामबहादुर अधिकारी, सदस्य टंकनाथ ढं्ङ्गेल, दमक सेवा केन्द्रका सदस्य सूर्यकुमार श्रेष्ठको उपस्थिति थियो ।

आगामी शनिबार, २७ असोजमा सम्पन्न हुने १७औं वार्षिक साधारणसभाको इकाईगत जनता सेवा केन्द्र र दमक सेवा केन्द्रमा सम्पन्न भइसकेको छ । भोली, २५ गते धरमपुरस्थित मंगलबारे सेवा केन्द्र, २६ गते केर्खा र सुरुङ्गा सेवा केन्द्रमा इकाईगत वार्षिक साधारणसभा सम्पन्न हुने कार्यकारी प्रमुख नवीन ओलीले जानकारी दिए ।
सो कार्यक्रमको सञ्चालन केर्खास्थित सेवा केन्द्रमा प्रमुख केशव आचार्यले गरेका थिए । त्यस्तै, दमक सेवा केन्द्रका प्रमुख नगेन्द्रवहादुर श्रेष्ठले वार्षिक साधारणसभामा स्वागत मन्तव्य राख्नुभएको थियो ।
