पाराबारी (धमरपुर), २४ असोज–झापाको धरमपुरस्थित पाराबारीमा आज (बुधबार) देखि प्रथम झापा नगर स्तरीय पाराबारी भेट्रान कप सुरु भएको छ । झापाको ७ र मोरङको एक आमन्त्रित फुटबल टिमसहित ८ वटा टिमले सहभागिता जनाउने पाराबारी भेट्रान कपको उद्घाटन शिबसताक्षी नगर प्रमुख मेगाहाङ (रोशन) थोप्रोले गर्नुभएको छ ।

शिबसताक्षी–३ पाराबारीस्थित भानु माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको पाराबारी भेट्रान कपमो आज उद्घाटन खेल समेत भएको छ ।

पाराबारी भेट्रान क्लबको अध्यक्ष तारा (मनकुमार) फ्याकको अध्यक्षतामा आयोजित समुद्घाटन समारोहमा प्रमुख अतिथी समेत रहनुभएका नगर प्रमुख थोप्रोले स्वास्थ्य जीवनका लागि खेलकुद अनिवार्य भएको बताउनुभयो ।

वहाँले खेल जीवनमा अनुशासन, गतिशिलता र विकास महत्वपूर्ण रहने र यी तिनैवटा विषय समाजमा उतिकै सैद्धान्तिक अनि व्यवहारिक दृष्ट्रिकोणले आवश्यक भएको बताउनुभयो ।

प्रतियोगितामा रातो पाराबारी भेट्रान, भद्रपुर भेट्रान क्लब, उर्लाबारी भेट्रान क्लब, कनकाई भेट्रान क्लब, विर्तामोड भेट्रान क्लब, दमक भेट्रान क्लब, तुर्केनी स्र्पोट क्लब र निलो पारबारी भेट्रान क्लबले सहभागिता जनाउने छन् ।

असोज ३० गते सम्पन्न हुने फाईनल खेलमा बिजेता टिमले शिल्ड, ट्रफि, मेडलसहित नगद ५० हजार र प्रमाणपत्र पाउने छन् । त्यस्तैं, उपविजेता टिमले शिल्ड, मेडलसहित नगद ३० हजार र प्रमाणपत्र पाउन पाराबारी भेट्रान क्लबका अध्यक्ष फ्याकले जानकारी दिनुभयो ।

प्रतियोगितमा अन्य विभिन्न विषयगत विद्यातर्फ म्यानअफ द म्याच, हाइस्कोर, उत्कृष्ट खेलाडी, गोल किपर, डिफे्रन्डर लगायतका पुरस्कारहरु पनि वितरण गरिने अध्यक्ष फ्याकले बताउनुभयो । सो प्रतियोगितालाई शिबसताक्षी नगरकार्यापालिका व्याङडाडा र पाराबारीस्थित शिबसताक्षी–३ को कार्यालयले प्रायोजक गरेका छन् ।

उद्घाटन समारोहमा शिबसताक्षी नगरपालिका वडा नं ३ का अध्यक्ष भाष्कर न्यौपाने, २ नम्बरका वार्ड अध्यक्ष भीमबहादुर नेम्बाङ लगायत स्थानीय संघसंस्था, राजनीतिक दलका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थीहरु, खेलाडी, खेल प्रेमीहरुको उपस्थिती थियो ।

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *