धरमपुर, १२ कार्तिक–ग्रामिण क्षेत्रका कलाकारहरुको कलाकारिता र सीपको विकास गर्न धरमपुरका स्थानीय युवाहरुले नेपाली कथामा आधारित सर्टमुभि ‘शंका’ निर्माण गर्ने भएका छन् ।

शुत्ररबार (विहान) पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा एक कार्यक्रमबीच ‘शंका’को शुभ मुहर्त गरिएको छ ।

सताक्षीधाम परिसरमा सर्टमुभि ‘शंका’को निर्माण टिम र कलाकारहरुको उपस्थितीमा पुजापाठसहित नरिवल फुठाएर शुभ मुहर्त गरिएको हो ।

सताक्षीधाम, दोमुखा। धरमपुरसहित झापाका स्थानीय रमरिर्णय स्थानहरुमा छायाँकन गरिने भएको छ ।

‘शंका’को निर्देशन धिरज परियारले गर्ने भएका छन् । ‘शंका’को निर्माता पृथ्बी वोहोरा छन् । त्यस्तैं, बिक्रम बिसीले ‘शंका’को छायाँकन गर्ने भएको छ ।

धिरज परियार, पृथ्बी बोहोरा, आरजी बिलेन, बिक्रम धिमाल, शान्त लामगादे, सन्तोष धिमाल, बिनिता नेपाल, अभिकेशर विश्वकर्म छन् भने अतिथि कलाकार बिक्रम विसीले अभियन गर्दैछन् ।

३० मिनेटको कथा रहेको ‘शंका’मा नेपाली समाजमा देखिएका विकृती र विसंगती विरुद्ध रहेको निर्देशक धिरज परियारले बताए ।

लामो समयदेखि चलचित्रमा द्धन्द्ध निर्देशन र अभियनमा अनुभव बटुलिसकेका परियारले ‘शका’लाई युट्युव मार्फत चाडै दर्शकहरुबीचमा ल्याइने बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *