महाभारा (गौरीगञ्ज), १३ कार्तिक–दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ महाभारा स्वास्थ्य चौकीलाई दशैं तिहारको अवसर पारेर अष्ट्रेलियामा रहेका झापालीहरुको साझा संस्था झापाली समाज अष्ट्रेलियाले एक थान एम्बुलेन्स उपहार प्रदान गरेको छ ।

अन्तराष्ट्रिय झापाली समाजको विर्तामोडमा सम्पन्न चौथो महाधिवेशन उदघाटन कार्यक्रममा समाजद्धारा प्रदान गरिएको सो एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी र वडा नं। १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीलाई एम्बुलेन्सको साँचो (चाबी) हस्तान्तरण गरेका हुन् ।

झापाली समाज अष्ट्रेलियाका पूर्वउपाध्यक्ष नेत्र पौडेलका अनुसार स्वास्थ्य सेवामा ग्रामिण भेगका नागरिकहरुको पहुँच सहज बनाउन मद्धत पुरयाउने उद्धेश्यले सो एम्बुलेन्स उपलब्ध गराएका हुन ।

सो समाजले यसअघि पनि पटक पटक झापाका ग्रामिण क्षेत्रमा रहेका सामुदायिक बिद्यालयहरुलाई प्रविधियुक्त बनाउन कम्प्युटर प्रदान गरेको थियो ।

सो समाजले विभिन्न प्राकृतिक प्रकोपमा परेका तथा असहाय, विपन्न नागरिकहरुको स्वास्थ्य, शिक्षाका क्षेत्रमा समेत सहयोग गर्दै आएको छ ।

महाभारामा यसअघि साना किसान कृषि सहकारी संस्थाको नाममा रहेको एम्बुलेन्सले सेवा दिँदै आएकोमा करिब ३/४ बर्ष यता सो एम्बुलेन्स दुर्घटनामा परेपछि पुनः सञ्चालनमा आउन सकेको छैन । स्थानीय सरकार मार्फत सञ्चालन हुने सो एम्बुलेन्सबाट ग्रामिण क्षेत्रका सर्वसाधारण लाभान्वित हुनेछन ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *