ओखलढुङ्गा, १४ कात्तिक-ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुर स्थितमा आगलागीमा परेर एकजना महिलाको मृत्यु भएको छ ।

सोमबार साँझ साढे ५ बजे भान्साकोठामा डिजेल प्रयोग गरेर आगो बाल्ने क्रममा अचानक आगोलागी हुँदा बर्ष ३३ की कमला गौतमको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीको टोलीले स्थानियबासीको सहयोगमा आगोलागी नियन्त्रणमा लिएको थियो ।

घटनास्थलमा आवश्यक अनुसन्धान र कानूनी प्रकूया पश्चात शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगा लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *