काठमाडौं, १४ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले संक्रमणकालीन न्यायका विषय टुंग्याउन अव अबेर गर्नु नहुने बताउनु भयो ।

नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदान प्रदान एवम् चियापान समारोहमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सकारात्मक सोच राखेर अघि बढ्नुपर्ने बताउनु भयो । समाजमा नकारात्मक सोच राख्ने मान्छे पनि हुने गरेको तर आफूहरुले भने सकारात्मक कार्य गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।

अध्यक्ष नेपालले शान्ति प्रकृयाको १८ वर्षसम्म पुग्दा पनि शान्ति प्रक्रिया, द्वन्द्व व्यवस्थापन तथा संक्रमणकालीन न्यायका कार्यहरुलाई टुंग्याउन ढिलो भएको भन्दै ‘यी विषयहरु पहिल्यै टुंग्याउनुपर्ने ढिलो भयो अब भने धेरै ढिलो गर्नुहुन्न’, , ‘कहाँ को कोबाट कमीकमजोरी भयो त्यसलाई जाँचेर अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *