काठमाडौं, १४ कार्तिक–नेपालले मंगलबार मलेसियामाथि जित निकाल्दै आइसिसी ट्वान्टी–२० विश्वकप छनोट अन्तर्गत एसिया क्वालिफायरको सेमिफाइनलमा स्थान बनाएको छ।

नेपालले मलेसियामाथि ६ विकेटको जित निकाल्दै समूह ‘ए’ मा एक खेल बाँकी छँदा नै सेमिफाइनलमा स्थान बनाएको हो। यो समूहबाट नेपालसँगै ओमान एक खेल बाँकी छँदा नै सेमिफाइनलमा पुग्न सफल भयो।

यी दुईबीच समूह विजेताका लागि अन्तिम खेल बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १६६ रनको लक्ष्य नेपालले १८ औं ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालको जितमा आक्रामक ब्याट्सम्यान कुशल मल्लले ६५ रनको अर्धसतकीय इनिङ खेले। कुशलले ३४ बलमा दुई चौका र सात छक्का प्रहार गरे। नेपाल जितनजिक पुग्दा उनी १७ औं ओभरमा मोहम्मद अमिरद्वारा आउट हुन पुगे।

त्यसअघि आक्रामक सुरुआत गरेको नेपालले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गर्यो। यो साझेदारीमा ओपनर कुशल भुर्तेलको नै ४३ रनको योगदान दिए।

स्पिनर पवनदीप सिंहले उनलाई आउट गर्दै नेपालको साझेदारी तोडेका हुन्। त्यसअघि कुशलको इनिङमा समान चार चौका र छक्का रह्यो। उनी आउट भएपछि अर्का ओपनर आसिफ शेख दोस्रो विकेटका लागि कुशल मल्लसँग ६७ रनको साझेदारी गरे। ११.४ ओभरमा अमिरले नै आसिफलाई ३२ रनमा आउट गर्दै त्यो साझेदारी तोडे।

त्यसपछि आएका कप्तान रोहित पौडेल २ रनमा नै पवेलियन फर्किए। उनी पनि अमिरकै शिकार भए। यद्यपि, त्यसपछि सन्दीप जोराले अविजित १८ रन बनाउँदै १२ बल अगावै जित सुरक्षित गराए।

मलेसियाको बलिङमा मोहम्मद अमिरले तीन तथा पवनदीपले एक विकेट लिँदा अन्य बलर भने विकेटविहीन रहे। यो समूहबाट नेपालसँगै ओमान सेमिफाइनलमा प्रवेश गर्दा समान दुई हार बेहोरेका मलेसियाका र सिंगापुरको यात्रा समूह चरणबाटै अन्त्य भएको छ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको हो। निकै आक्रामक सुरुआत गरेको मलेसियाले २७ बलमा नै ५० रन जोड्यो।

नेपालका बलरमाथि हाबी भएका मलेसियाका ओपनरद्वय सैइद अजिज र जुबैदी जुलकिफलले ५८ रनको साझेदारी गर्दै राम्रो सुरुआत गरे। अविनाश बोहोराले ५।५ ओभरमा जबैदीलाई २४ रनमा आउट गर्दै ‘ब्रेक थ्रु’ दिलाए। पहिलो विकेट पतनपछि नै मलेसियाले आक्रामक ब्याटिङ जारी राख्यो। एक छेउबाट ओपनर सैइद अजिजले इनिङ अगाडि बढाए। तर, सातौं ओभरमा मलेसियाले कप्तान अहमद फैजलाई ३ रनमा नै रनआउटका रूपमा गुमायो। एक छेउबाट अजिजले आक्रामक ब्याटिङ जारी राखे।

तर, लेग स्पिनर सन्दीप लामिछानेले अनुभवी ब्याटर विरनदीप सिंहलाई ४ रनमा नै पवेलियन फर्काउँदै नेपाललाई तेस्रो सफलता दिलाए। त्यो विकेटसँगै नेपालले मलेसियाको आक्रामक ब्याटिङलाई रोक्ने प्रयास गर्‍यो। ओपनर सैदले चौथो विकेटका लागि सार्भिन मुनैदीसँग ३४ रनको साझेदारी इनिङ उकास्ने प्रयास गरे। तर, कप्तान रोहित पौडेलले सार्भिनलाई १३ रनमा कट एन्ड बोल्ड गर्दै त्यो साझेदारी तोडे। १४ औं ओभरमा चौथो विकेट पतन हुँदा मलेसियाले ११९ रन जोडेको थियो।

यद्यपि, मलेसियाले खातामा थप ६ रन जोड्दा महत्त्वपूर्ण ब्याट्सम्यान सैइदलाई ६८ रनमा गुमायो। गुल्सन झाले उनलाई कुशल भुर्तेलद्वारा क्याच आउट गराए। सैइदको इनिङमा आठ चौका र दुई छक्का थियो। त्यसपछि नेपालका बलरले कसिलो बलिङ गरे।

यद्यपि, तल्लो क्रमका ब्याटर विजयी उन्नीले नटआउट १३ रन जोड्दै मलेसियालाई राम्रो योगफलतर्फ अग्रसर गराए। नेपालको बलिङमा अविनाश बोहोराले चार ओभरमा सर्वाधिक चार विकेट लिँदा २७ रन खर्चिए। सन्दीप, रोहित र गुल्सनको नाममा एक विकेट रह्यो। अनुभवी बलर सोमपाल कामी र करण केसी विकेटविहिन भएसाथै महँगा पनि रहे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *