दमक, १६ कार्तिक–दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले आज (विहिबार) दमक १० सेतुमारी कृषि तथा पशुहाट बजारको स्थलगत अवलोकन गरेका छन । स्थलगत अनुगमनका क्रममा मेयर थापाले बिकाश र भुगोलको हिसावले पछाडी परेको नगरको तल्लो क्षेत्र सेतुमारीको दिगो बिकाशमा बजारले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

सो क्रममा सेतुमारी बजारको दिगो बिकाशका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने पनि थापाले प्रतिबद्धता ब्याक्तगरेका छन । बजार क्षेत्रको सुधारका लागि निकट भबिस्यमानै थप योजना बनाए काम गरिने पनि आश्वसन दिएका छन ।

सेतुमारीलाई कृषि तथा पशुहाट बजारको रुप बिकाश गर्न आगामी दिनहरुम नगरले विशेष योजनाहरु अघिबडाईने पनि जनाएका छन ।

दमकमा बिगत लामो समय देखि लग्दै आएको सम्भवत नेपालकै ठूलो भनेर कहलिएको पशुहाट पछिल्ला दिनहरुमा आएर हरेक कारणले संकटमा पर्दै गएकोले अब सेतुमारीमालाई दिगो र स्थायी ब्याबस्थित रुपमा पशुहाटको बिकाश गर्न नगर्पालिकाले पहल थाल्ने पनि मेयर थापाले बताएका छन ।

यहि कार्तिक २ गतेदेखि हरेक हप्ताको बिहिबार साप्ताहिकरुपमा सेतुमारीमा कृषि तथा पशुहाट पुनसन्चालमा आएको हो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *