केपी ओली

काठमाडौं, १७ कार्तिक–नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आलोचना गर्न नसकेपछि विरोध भइरहेको बताएका छन्।

बिहीबार साहित्यकार अनु शाहको कविता कृति अनुरागको लोकर्पण समारोहलाई सम्बोधन गर्दै ओलीले आफ्नो आलोचना अहिलेसम्म भएको नसुनेको भन्दै आलोचना गर्ने ठाउँ नपाएपछि बिरोध गरिहेको बताए।

ओलीले नेपालको भूमि समेटेर नक्सा जारी गरिसकेपछि केही विदेशी सञ्चारमाध्यमहरूले आवेगमा कम्बोडियामा ३ हजार करोड लगानी रहेको भ्रमपूर्ण समाचार प्रकाशित गरेको कुरालाई अहिले प्रचार गरिएको बताए। उक्त सञ्चारमाध्यमहरूले गल्ती भएको स्वीकार गरिसकेको कुरालाई अहिले विरोधका लागि प्रचार गरिएको बताए।

अध्यक्ष ओलीले कुनै पनि कम्पनीमा तीन हजार करोड लगानी गर्दा गोप्य नरहने भन्दै उनले सो लगानी गरेको पत्ता लगाउनेलाई उक्त रकमसहित एक हजार बक्सिस दिने बताएका थिए। उनले आफूले देश र जनताकाप्रति निष्ठाका साथ गरेको कामलाई जीवनभर गरिरहने बताए

अध्यक्ष ओलीले अहिले पनि आफूलाई स्वास्थ्य कस्तो छ रु भनेर जिस्क्याउने गरेको आशय व्यक्त गरे। उनले स्वास्थ्य कस्तो छ भनेर धेरै पटक सोधिरहनेहरूलाई अझै २० वर्ष राजनीति गर्छु भन्ने जवाफ दिएको बताए।​

अध्यक्ष ओलीले सबैजना सधैँ आशावादी भएर जिउन सिक्नुपर्ने बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *