दमक, १९ कार्तिंक–वैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपाली दिदीबहिनीहरुको अनुभव, समस्या र अधिकारका लागि लड्ने एउटा साझा संस्था होः आमकास नेपाल । यहि, संस्थाले झापाको दमकमा बिदेशबाट फर्किएका दिदीबहिनीका लागि आधुनिक दासत्व र मानव बेचबिखन बिरुद्ध महिला कामदार अन्तर्गत क्षमता अभिबृद्धि विषयक पाँच दिने नेतृत्व विकास तालिम आयोजना गरेको थियो ।

अष्ट्रेलियाली दुतावासको सहयोग र आमकास नेपाल काठमाडौं तथा आमकास झापाको संयुक्त आयोजनामा भएको तालिम आज (आइतबार) दमकमा सम्पन्न भएको हो ।  दमकस्थित केबिआर होटलमा कार्तिक १५ गतेबाट तालिम सञ्चालनमा आएको हो ।

तालिममा दमकसहित झापाको विभिन्न स्थानहरुबाट १८ जना महिलाहरुले सहभागिता जनाएका छन् । दमकस्थित केबिआर होटलमा सम्पन्न भएको छ ।

तालिमका सहभागि दिदीबहिनीहरुका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय कानून, न्यायीक अवस्था, नेपालको संविधान र संविधान प्राप्त अधिकार र आधारभूत कानूनी प्रावधान, नेपालको मौलिक हक, अधिकार, बैदेशिक रोजगार, मानव बेचबिखन विरुद्धका प्रयास र कानुनी जटिलता, प्राथमिकता लगायतका विषयमा अधिबक्ता तथा कार्यक्रम संयोजक संदिक्षा महर्जनले सहजिकरण गर्नुभएको थियो ।

आमकास नेपालले यसअघि, नेपाल–भारतको सीमावर्ती जिल्ला बर्दिया, सुनसरी, मोरङमा तालिम, गोष्ठी र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको आमकास नेपालका पूर्व अध्यक्ष तथा कार्यकारी निर्देशक विजया राई श्रेष्ठले जानकारी दिनुभयो ।

तालिमलाई प्रभावकारी बनाउन सहभागि महिलाहरुलाई विषयगत फिल्ड भ्रमण गराइनुका साथै सो क्षेत्रका विज्ञ वा सम्बन्धीत निकायका व्याक्तिसंग अन्तरक्रिया र छलफल समेत गरिएको आमकास नेपालकी कार्यकारी निर्देशक विजया राई श्रेष्ठले जानकारी गराउनुभयो ।

तालिमकैबीच दमकस्थित नगरपालिकाको सामाजिक शाखा, दमक ७ वडा कार्यालयमा तालिमका सहभागिहरुलाई प्रत्यक्ष भेटघाट, परिचय र छलफल गराइएको थियो ।

यसैबीचमा दमक नगरपालिकाको सामाजिक शाखाका प्रम्ुख डम्बर बराल र दमक ७ का वार्ड अध्यक्ष भीमबहादुर पौडलले सहभागिहरुलाई कार्यालयबाट उपलब्ध सेवाका बारेमा जानकारी गष्राउनुभएको थियो ।

यता, आमकास नेपाल झापाकी अध्यक्ष अमला चाम्लिङ राईले नेपाली महिलाहरु बिदेशमा रोजगारका रुपमा जाने क्रम बढ्दो अवस्थाम रहेको बताउनुभयो । वहाँका अनुसार बिदेशबाट फर्किएका अधिकाश महिला दिदीबहिनीहरु घरायसी कामकाजमै समय बिताउने गर्छन्, तर ती दिदीबहिनीहरुले आफ्नो अनुभवलाई अरु दिदीबहिनीबीचमा राख्न सक्नुपर्छ ।

आमकास नेपालका केन्द्रीय अध्यक्ष पुष्प थापाको अध्यक्षतामा तालिम सम्पन्न भएको छ । तालिमका सहभागि महिला दिदीबहिनीहरुलाई आमकास नेपालद्धारा प्रमाणपत्र प्रदान गरिएको आमकास नेपाल झापाकी अध्यक्ष अमला चाम्लिङ राईले बताउनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *