झापा, २७ कात्तिक–दयाहाङ राई अभिनित फिल्म ‘रंगेली’को फस्टलुक सार्वजनिक गरिएको छ । तिहारको लक्ष्मीपूजाको अवसर पारेर दयाहाङ राईको ग्याङस्टर लुक देखाइएको छ । दयाहाङ पोस्टरमा हतियारसहित क्रुद्ध देखिन्छन् ।

पोस्टरमा दयाहाङको पात्रको नाम ‘विजय’ उल्लेख छ । पोस्टरले धेरै कुरा त खुलाउँदैन तर दयाहाङ ‘एन्टी–हिरो’ पात्र हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । अर्कोतर्फ, ‘नियो नोइर’ जनराको फिल्मको झल्को पनि आउँछ ।

शिवरात्री छेकोमा फागुन २५ गते प्रदर्शन हुने फिल्ममा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको अभिनय छ । अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको यो फिल्ममा संसार चौलागाईं र रमेश भट्टराईको लगानी छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *