दमक, २ मंसिर–स्थापना भएको ५०औं वर्षमा प्रवेश गरेको झापा, कमल–७ बिष्णुकठ्ठास्थित सिंहदेवी आधारभूत विद्यालयले मंसिर ५ देखी ७ गतेसम्म स्वर्ण महोत्सव मनाउने भएको छ ।

स्वर्ण महोत्सवको अवसरमा विद्यालयले तीन दिनसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरेर सम्पन्न गर्न लागेको आज विद्यालयमा पत्रकार सम्मेलन मार्र्फत जानकारी गराएको छ ।

शनिबार, विद्यालयमा पत्रकार भेटघाटको आयोजना गरेर स्वर्ण महोत्सव मुल समारोह समितिले तीन दिने कार्यक्रम र त्यसका बारेमा जानकारी गराएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका स्वर्ण महोसत्व मूल समारोह समितिका संयोजक ओानाथ तिम्सिनाले विद्यालय स्थापना भएको ५०औं वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव मनाउन अन्तिम तयारी पुगेको बताए । तिम्सिनाका अनुसार स्वर्ण महोत्सव भब्य र सभ्य बनाउन विभिन्न विषयगत समिति र उपसमितिहरु गठन गरिएृको र सोही अनुसार कार्य सम्पादन भइरहेको छ ।

अध्यक्ष तिम्सिनाका अनुसार मंसिर ५ गते गाउँपालिका प्रमुख हुकुमसिंह राईले स्वर्ण महोत्सवको उद्घाटन गर्नुहुने कार्यक्रम छ । सोही दिन स्थानीय जातिय पहिचानसहितको पोशाकमा साँस्कृतिक नृत्यहरु प्रस्तुत हुने र विद्यालय स्थापनाकालका जग्गादाताहरु, भवन निर्माणका दाताहरु र पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत समितिका सदस्यहरु, पूर्व प्रधानध्यापकहरु र शिक्षक–शिक्षिकाहरुलाई मान–सम्मान गरिने कार्यक्रम रहेको छ ।

त्यस्तैं, मंसिर ६ गते कमल–७ का वार्ड अध्यक्ष पृथ्बीपति राईको प्रमुख आतिथ्यता र मंसि ७ गते गाउँपालिकाकी उपप्रमुख प्रमिला तिवारी न्यौपानेको प्रमुख आतिथ्यतामा स्वर्ण महोत्सव मनाइने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

विद्यालयले स्वर्ण महोत्सवकैबीचमा विद्यालयको इतिहासलाई समेट्ने उदेश्यले स्मारिका प्रकाशन गर्ने भएको छ । सो स्मारिका प्रकाशनका लागि विद्यालयकी प्रधानध्यापक इन्द्रिरा खनालको संयोजकत्वमा समिति गठन गरिएको र सो स्मारिकाको तयारी अन्तिम चरणमा पुगिसेको छ । स्मारिकामा विद्यालयका लागि जग्गादाताहरु, भवन निर्माणका दाताहरु, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, समितिका सदस्यहरु, प्रधानध्यापकहरु, शिक्षक तथा शिक्षिकाहरु र हालको समिति, शिक्षक–शिक्षिकाहरु लगायतका इतिहासलाई समेट्न खोजिएको प्रधानध्यापक खनालले बताइन् ।

विद्यालय व्यवस्थापन समितिका सदस्य तथा स्वर्ण महोन्सव मुल समारोह आर्थिक समितिका संयोजक सन्तोष राईका अनुसार तीन दिवसिय कार्यक्रमका लागि रु ६ लाख बढी अनुमानित खर्च हुने भएको छ । राईले विद्यालयको स्वर्णं महोत्ववका लागि स्थानीयवासीहरु, अभिभावकहरु, पूर्व विद्यार्थीहरु र शैक्षिक क्षेत्रमा क्रियाशिल व्याक्तित्वहरुबाट आर्थिक सहयोग संकलन भएको बताए । उनले गाउँपालिकाको कार्यालय क्याम्पा, वडा कार्यालय र पालिकाभित्र रहेका २१ वटा सामुदायिक विद्यालयहरुबीचमा सहयोगको अपेक्षासहित माग गरिएको जानकारी दिए । उनले हालसम्म ४ लाख बढी सहयोग जुटिसकेको बताए ।

त्यस्तैं, विद्यालयमा स्वर्ण स्तम्भ निर्माणका लागि नेपाली सेनाबाट अवकास तथा विद्यालय स्थापनाकालदेखि सहयोगी दाता धन्जुमान घले गुरुङले आर्थिक सहयोग जुटाइदिने भएका छन् । सो स्तम्भ मंसिर ५ गते अनावरण गरिने भएको छ ।

२०३० सालमा स्थापना भएको सो विद्यालय साविकः लखनपुर गविसमा पर्दछ । विद्यालयमा कक्षा ८ सम्म पूर्ण अंग्रेजी माध्यमद्धारा पठनपाठन भइरहेको छ । हाल विद्यालयमा तीन सय बिद्यार्थीहरु अध्ययनरत छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *