भद्रपुर, २ मंसिर–भद्रपुर झापा गोल्डकपको आयोजनामा हुन लागेको ओम साई पाथीभरा हस्पिटल प्रथम झापा लिगको खेल तालिका सार्वजनिक गरिएको छ ।

आज गोल्डकपको सचिवालय भद्रपुरस्थित मेची रंगशालामा प्रतियोगितामा सहभागी पालिकाका प्रतिनिधिको उपस्थितिमा खेल तालिका सार्वजनिक गरिएको हो ।

फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको अन्तर पालिका जिल्लास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिका बीच हुने तय भएको प्राविधिक संयोजक भगिरथ आले मामाले बताए ।

अघिल्लो फागुनमा भव्यताका साथ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले यही मंसिर ७ गतेदेखि झापा लिग गर्न लागेको हो । प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुनेछ ।

भद्रपुरको मेची रंगशालामा हुने झापा लिग १८ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिता फिफा विश्वकपको ढाँचामा खेलाइने अध्यक्ष दिपेश ढिकालले जानकारी दिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *